धरान र काकडभिट्टामा उच्चरक्तचापको निःशुल्क उपचार

धरान र काकडभिट्टामा उच्चरक्तचापको निःशुल्क उपचार

धरान : मजदुर दिवसको अवसर पारेर सुनसरीको धरान र झापाको काकडभिट्टामा उच्चरक्तचाप भएका बिरामीहरुको निःशुल्क उपचार थालिएको छ। केएचडिसि (किड्नि, हाईब्लड प्रेसर, मधुमेह) बचाऊ अभियानले आईतबारदेखि उच्चरक्तचापका बिरामीहरुको एकमहिने निःशुल्क स्वास्थ्य शिविर संचालनगरी उपचार सेवा प्रदान गरेको छ।

 
केएचडिसि अभियान तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका मुटुरोग विशेषज्ञ प्राडा संजीवकुमार शर्मा नेतृत्वको स्वास्थयकर्मीहरुको टोलीले बिरामीको उपचार सुरु गरेका छन्। धरानको घण्टाघर भित्र सुरु गरिएको निःशुल्क उच्चरक्तचापका बिरामीहरुको उपचार सेवा महिनादिनसम्म गर्ने डा. शर्माले बताएका छन्।
 
उच्चरक्तचाप भएका बिरामीहरुको रगत संकलनगरी मुटु र मृगौलाकोसमेत परिक्षण गरी बिरामीलाई निको बनाउन यो शिविर संचालन गरिएको डा. शर्माको भनाई छ। आईतबारदेखि सुरु गरिएको विविरमा धरान र काकडभिट्टा दुबै स्थानमा बिरामीहरुले निःशुल्क सेवा लिन थालेका छन्। 

विश्वमा वर्षमा ५ सय ५० लाख मानिसको मृत्यु हुने गरेको छ। जसमध्य ८० प्रतिसत मृत्यु मुटु रोगका कारण मानिसले ज्यान गुमाउने गरका छन्। उच्चरक्तचापकै कारण मुटु र मिगौलामासमेत असर पर्ने भएकाले विरामीले अकालमा ज्यान गुमाउनु नपरोस भनेर निःशुल्क उपचार सुरु गरेको डा. शर्माले बताए। उनले उच्चरक्तचापका कारण वर्षेनी विश्वमा ८४ लाखले ज्यान गुमाउनु परेको बताए। नेपालमा पनि पछिल्लो समय उच्चरक्तचापका कारण मृत्यु हुनेको संख्या बृद्धि भएकाले यसको न्युनिकरणका लागि धरान र काकडभिट्टामा शिविर संचालन गरिएको डा. शर्माले बताए। नेपालमा ग्रामिण क्षेत्रमा भन्दापनि बढि शहरीक्षेत्रमा उच्चरक्तचापका बिरामीहरुबढी भएकाले शहरिक्षेत्रका बासिन्दालाई खानपिनमा ध्यान दिन उनले आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.