तमलोपाको जनकपुरधाम प्रतिबद्धतापत्र सार्वजनिक

तमलोपाको जनकपुरधाम प्रतिबद्धतापत्र सार्वजनिक

जनकपुरधाम : जगतजनननी जानकी, विदेह जनक, सर्वज्ञानी याज्ञवल्क्य, विदुषि गार्गी, महान अद्वैत वैदान्ती ऋषि अष्टावक्रको भुमी, जनकपुरधाम सदैवसा, अध्यात्मक दर्शनको स्थानलाई धार्मिक र पर्यटनसंग जोडेर पर्यटन विश्रामस्थलको रुपमा बनाउने प्रतिबद्धता जाहेर गरेको छ। जनकपुरको अतिक्रमित गुठीको जग्गालाई अअतिक्रमणमुक्त गराएर यहाँको पोखरी, सरोवर, कुटट्टी, जलासयको रुपमा नगरीलाई विकास र विस्तार गरिने प्रतिबद्धता जनाएको हो।

मैथिली, मिथिला र संस्कृतिलाई प्राथमिकतामा राखेर ब्रहमस्थान, सल्हेस, दिनाभद्री सहितका पौराणिक परम्परा र संस्कृतिलाई जोगाउन तथा मिथिलाको विविधतापूर्ण गीत–संगीत, नाटक–नृत्यलाई प्रोत्साहित गर्न तिरहुत रनिङ्ग शिल्डको आयोजना गरिने मेयरका उम्मेदवार विभा ठाकुरले बताईन्। उनले भनिन, ‘जनकपुरको सरसफाईमा स्थायी रुपमा व्यवस्थित गर्न बृहत्त योजना सञ्चालन गर्छु, प्रत्येक वडामा सरसफाईलाई नीजि स्तरमा साझा अवधारणा बृहत्त योजना अनुरुप डम्पिङ्ग साईटको व्यवस्था हुनेछ।’

पर्यावरण सुधारका लागि पोखरीको डिलमा वृक्षारोपण, जलस्तरलाई बढाउन आकाशे पानीलाई संरक्षण गरी खेतीवारीको प्रयोगमा ल्याउने अवधारणा अघि सारेको उम्मेदवार ठाकुरले बताए। उपमहानगरमा विद्यमान करलाई पुनरावलोकन गरी कम गरिनेछ। उनले भनिन, ‘उपमहानगरको बजेट खर्च हुन नसकेर फ्रिज भईरहेको छ, तर जनतासंग बेफजुलको कर उठाईरहेको छ, जुन निती सरासर गलत हो, म आए यो नीतिलाई परिमार्जन गर्नेछु।’ प्रत्येक वर्ष ५ सय महिला–पुरुषलाई ऋण प्रदान गरिने प्रतबद्धता पत्रमा उल्लेख छ।

जनकपुरबाट समानान्तर रिङ्ग रोडसहित आधुनिक शहर विस्तारको योजना अनुरुप लिंक रोड समेत निर्माण गरिने बताईन्। साथै हरेक वडामा हेल्थपोष्ट र आयुर्वेदिक औषधालय स्थापना गरिने उल्लेख छ। उपमहानगरपालिकाको ऐतिहासिक रंङ्गभुमी मैदानको जिर्णोद्धार गरी रमणीय बनाईने साथ्र प्रत्येक वडामा पार्क र खेलमैदान बनाईने बताए। उनले भनिन, ‘अहिले नगरपालिकामा स्वार्थ, भ्रष्टाचार र लुटको मानसिकताको कारण जनकपुरधाममा अनगिनती समस्याहरु छन् त्यसलाई समाधानको लागि हाम्रो उम्मेदवारी हो।’

‘नाला बन्दा ढक्कन नबन्ने र ढक्कन बन्दा नाला नबन्ने परिपार्टीलाई जरैदेखि उखेलि फालिनेछ, अहिले भूमिगतरुपमा भएको नाला निर्माण वर्षातको मौसममा काम नलाग्ने भएकोले त्यसको विकल्पको रुपमा थप अध्ययन गरी क्षति न्यूनीकरणमा जोड दिईनेछ।’ मेयरका प्रत्यासी ठाकुरले जनकपुरको जनताले अपेक्षित विकास किन भएन, भन्ने अध्ययन गर्ने हो भने यहाँको नेतृत्वले लिनुपर्ने जिम्मेवारी बोध नभएका कारण नै जनकपुरको समुचित विकास हुन नसकेको आफूहरुको निष्कर्ष रहेको बताईन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.