गौशालाबाट चोरी भएको सरसमानहरु औरहीबाट बरामद

गौशालाबाट चोरी भएको सरसमानहरु औरहीबाट बरामद

महोत्तरी : चोरीको सरसमानसहित एक जनालाई प्रहरीले महोत्तरीको औरहीबाट पक्राउ गरेको छ। गत पुस ३० गते गौशालास्थित मिथिलान्चल कम्प्युटरबाट चोरी भएको सरसमानहरुसहित औरहीबाट एक पसल संचालक पक्राउ परेका छन्। 

प्रहरीले औरहीस्थित प्रिन्स स्टुडियो एण्ड मोबाइल सेन्टरका चोरीका सरसमानसहित संचालक दिनेश साहलाई नियन्त्रणमा लिएको हो। 

ईलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरिक्षक रंजन मिश्रको कमाण्डमा खटिएको प्रहरीको टोलीले गोप्य सूचनाको अधारमा खानतलाशी गर्दा सो समानहरु फेला परेको प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन्। पक्राउ परेका संचालक साह प्रहरीको नियन्त्रणमा रहेको छ भने बरामद भएको सरसमानको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरी निरिक्षक मिश्रले जानकारी दिए। 

गत पुस ३० गते रातिको समयमा मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरहरुको एक समूहले पसलबाट नगदसहित २५ लाख मूल्य बरावरको सरसमान चोरी गरेका थिए। 

चोरी भएको सरसमान बरामद भएकोमा पसल संचालक संजित यादवले प्रहरीलाई धन्यवाद दिएका छन्। ढिलै भएपनि प्रहरीले गरेको उपलब्धिले गौशालावासी सुरक्षित भएको महसुस गरेको संचालक यादवले प्रतिक्रिया दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.