राष्ट्र र राष्ट्रियताको भावनलाई सबैले संरक्षण गर्नुपर्छ: क्याप्टेन थापा

राष्ट्र र राष्ट्रियताको भावनलाई सबैले संरक्षण गर्नुपर्छ: क्याप्टेन थापा

काठमाडौं : अन्नपूर्ण पोस्ट् राष्ट्रिय दैनिक २१ वर्षमा प्रवेश गरेको छ। आइतबार पत्रिकाको वार्षिकोत्सवको अवसरमा केक काटेर खुसीयाली साटिएको छ। अन्नपूर्ण कर्पोरेट टावरको सभा कक्षमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले केक काटेका थिए।

 राष्ट्रियताको बहस र लोकतन्त्रको पक्षको रुपमा अन्नपूर्ण पोस्ट्ले आफूलाई स्थापित गराउन सफल भएको उनको भनाइ थियो।

'हामीले उठाएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुहरु सबैका अगाडि  स्पष्ट छ। यस विषयलाई सबैले प्रशंसा गरिरहेका छन्,' उनले भने।

 ‘नेपालले ऐतिहासिकरुपमा स्थापित गरेको चुच्चे नक्साका यथार्थ समाचार प्रकाशन गर्ने काम अन्नपूर्ण पोस्ट्ले गरेको थियो,’ क्याप्टेन थापाले भने, ‘यो काम साह्रै चुनौतीपूर्ण थियो।  धेरै पत्रिकाले धेरैपटक प्रयास गर्‍यो तर सकेनन्। हाम्रो सुझबुझपूर्ण प्रयासले हामी सफल भयौं।’

राष्ट्र र राष्ट्रियताको भावनलाई सबैले संरक्षण, सम्बर्द्धन गर्न लाग्नुपर्ने उनको जोड थियो। ‘हाम्रो सम्बन्ध सबैसँग राम्रो छ। तर हामी कसैको दास बन्न सक्दैनौं। राष्ट्र, राष्ट्रियताको बारेमा प्रश्न उठाएको ठाउँमा चुप लागेर बस्न पनि सक्दैनौं। यो हाम्रो कर्म पनि हो, धर्म पनि हो’ उनले भने। 

उनले अन्नपूर्ण पोस्ट् आम नेपालीको दैनिक पत्रिका रहेको बताए। ‘हामीले पत्रिका बन्द गरेर पनि बन्द नहुने अवस्था छ। यसलाई जोगाउने जिम्मा तपाईं, हाम्रो सबैको हो,’ उनले भने।

उनले अन्नपूर्ण पोस्ट्लाई माया गर्ने आम नेपाली जनताको मायामा ठेस नपुग्ने र उनीहरुको आस्थालाई ठेस नपुर्‍याउने गरी भएका सत्य, तथ्यलाई बाहिर ल्याउने आफूहरुको जिम्मेवारी भएको बताए। 'निडर, तटस्थका साथ हामीले समाग्रीहरु पाठक माझ दिइरहेका छौं, दिइनैरहने छौं,’ उनले भने।

पत्रिकालार्ई सहयोग गर्ने विज्ञापनदाता, विज्ञापन एजेन्सी, कर्मचारी, पाठक, शुभेच्छुक सबैलाई थापाले वार्षिकोत्सवको अवसरमा धन्यवाद ज्ञापन गरेका थिए।

त्यस्तै सम्पादक अखण्ड भण्डारीले अन्नपूर्ण पोस्ट् पत्रिका समाजको ऐना भएको बताए। ‘पत्रकारिता समाजको ऐना हो। ऐना देखाउने कामचाहिँ हामी अन्नपूर्ण पोस्ट्मार्फत् गरिरहेका छौं,’ सम्पादक भण्डारीले भने, 'झन् परिस्कृत ढाँचामा गत १ साउनबाट नियमित बजारमा आइरहेको छ। यो साँच्चै नै एक प्रकारको ऐनाजस्तो भएको छ। गहन समाग्रीलाई अत्यन्तै साजसज्जाका साथ हामीले प्रस्तुत गरिरहेका छौं।’

केही गहन र अलि परिपक्व बनाउने प्रयास जारी रहेको उनको भनाइ थियो। उनले अन्नपूर्ण आवाजविहीनहरुको आवाज भएको बताए। ‘हामीले आवाजविहीनहरुको आवाज उठाउन सकेनौं भने हाम्रो पत्रकारिताको अर्थ रहन्न। सिङ्गो पत्रिकालाई ‘भ्वाइस अफ दि भ्याइसलेस’ बनाउने मेरो चाहना छ,’ उनले भने।

पत्रकारितामा सबैभन्दा ठूलो आँट र शालिनता आवश्यक रहेको अन्नपूर्ण मिडिया नेटवर्कका सीइओ सनत न्यौपानेले बताए। उनले भने, ‘त्यो हामीमा छ। कसैको डर, कसैको घुर्की, कसैको धम्कीलाई प्रवाह नगरी हामी काम गरिहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.