दिगो विकासका लागि ‘जस्टिस कन्सर्ट’

दिगो विकासका लागि ‘जस्टिस कन्सर्ट’

काठमाडौं : दिगो विकास अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगन्जबाट ‘जस्टिस कन्सर्ट’ सांगीतिक अभियानको थालनी गरेका छन्। दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानियकरणका लागि विभिन्न गतिविधि गर्दै आएका गायक रोहनरत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा, गरिबीका कारण मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनु पर्ने बताउँदै ‘न्यायलाई नदीझैं बग्न देउ’ भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गरेका थिए।

नेपाली, अंग्रेजी र हिन्दी भाषाका गीतहरूले दर्शकलाई मन्त्रमुग्ध र भावुक पार्न सफल गायक तथा दिगो विकास अभियन्ता बागचन्दले ‘जहाँ छन् बुद्धका आँखा’, ‘बब मार्ली गेट अप स्ट्यान्ड अप’, नारायण गोपालको ‘तिम्रो जस्तो मुटु मेरो’लगायतका गीत गाएका थिए।

आफ्नो एकल सांगीतिक प्रस्तुति समापनका क्रममा महात्मा गान्धीको मनपर्ने ‘वैस्णव जन’ भन्ने भजन गाएर समापन गरेका थिए। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगाना, न्याय पालिकासँग सम्बन्धित व्यक्तित्व, अधिवक्ता, सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी, न्यायिक समितिका पदाधिकारी, मानव अधिकारकर्मी र सञ्चारकर्मी गरी करिब एक सय जनाको उपस्थिति थियो। 

कार्यक्रमका परिकल्पनाकार प्रभाकर बागचन्दले संगीतले मानिसमा न्यायको भोक पैदा गर्ने मात्र नभई एकले अर्काको पीडा महसुस गर्ने क्षमताको विकास गराउने हुँदा जस्टिस कन्सर्ट आवश्यक भएको बताए। आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासंघकातर्फबाट अधिवक्ता एवं अभियन्ता विश्वजित तिवारीले जस्टिस कन्सर्टलाई अभियानका रुपमा महासंघले ७७ वटै जिल्लामा आयोजना गर्ने योजना बनाएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.