उम्मेदवारलाई बृद्धबृद्धाको आर्शिवाद, ‘राम्रो काम गर्नु’

उम्मेदवारलाई बृद्धबृद्धाको आर्शिवाद, ‘राम्रो काम गर्नु’

रुरुक्षेत्र(गुल्मी) : सेताम्मै फूलेको कपाल। चाउरी परेको अनुहार। लठ्ठीको साहारामा हिड्डुल गर्नुपर्ने अवस्था। ८१ वर्षिय बृद्धाआमा, जो करिब तीन घण्टाको एउटा चुनावी कार्यक्रममा थपक्कै बसेर उम्मेदवारका कुरा सुनिन्।

 
उम्मेदवारलाई यो गरिदेऊ, त्यो गरिदेऊ भनेर कुनै माग राख्न उनी कार्यक्रममा पुगेकी थिइनन्। उनको एकमात्र इच्छा थियो जितेका उम्मेदवारले इमान्दारी देखाएर गाउँमा राम्रो काम गरुन्। पदको दुरुपयोग नगरुन्। गाउँको पीडामा मल्हम बनेर उभिउन। ‘गाउँसमाज बुझ्ने खालका छन्। हामीले यो गर त्यो गर भन्ने कुरा आएन’,रुरुक्षेत्र गाउँपालिका-४ सिदुरेकी धनीकला रेश्मीले भनिन्,‘विकासमा काखापाखा नहोस् गाउँ ठाउँको विकास होस्।’ उनी लठ्ठीको साहारामा कुरा सुन्न कार्यक्रमस्थल पुगेकी हुन्।

नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष उम्मेदवार बनेका ४९ वर्षिय हिमाल श्रेष्ठ बृद्धाआमासित हातमा ढोगेर आर्शिवाद मागे। खुसी मुद्रामा रेश्मीले श्रेष्ठलाई आर्शिवाद दिइन्। राजनीतिको रंगभन्दा पनि गाउँका सवै आमाहरुको प्रतिनिधित्व गर्दै उनले उम्मेदवारलाई जितेपछि साझा बनेर विकास गर्नुभन्दै आर्शिवाद दिएकी थिइन्। रेश्मीसहित गाउँका दर्जनौ महिलाहरुले सिदुरेमा खानेपानीको समस्या रहेको गुनासो पोखे। एक घर एक धारा सिदुरेमा अझै पुरा हुन नसकेकाले नयाँ नेतृत्वले आफूहरुको पीडा बुझिदिन् उनीहरुले माग राखे।

अध्यक्षका उम्मेदवार श्रेष्ठले गाउँलेका समस्याहरुलाई आफूले नजिकबाट बुझेको प्रतिक्रिया दिँदै विकासमा कहिल्यै पनि काखापाखा गरेर नजाने आश्वासन छाडे। मतदाताको मन नभाँचिने गरी आफूले काम गरेर देखाउने उनले प्रतिवद्धता सुनाए। ‘हाम्रो चुनावी प्रतिवद्धतामा पनि एक घर एक धारा छ’,श्रेष्ठले भने,‘सिदुरेको समस्यालाई चुनाव जितेपछि जसरीपनि समाधान गर्छौ।’ विकासमा आफूले कहिल्यै पनि राजनीति नगर्ने उनले प्रतिवद्धता सुनाए। ‘चुनावमा मतदाता विभाजित हुनु स्वभाविक हो’, उनी भन्छन्, ‘तर, चुनावको परिणामपछि जनप्रतिनिधि सबैको साझा बनेर काम गर्नुपर्छ भन्ने मेरो प्रतिवद्धता हो।’

चुनावी कार्यक्रममा सहभागी मतदाताहरुले उमेदवारसँग पुरानै माग राखेका छन्। खानेपानी, मोटरबाटो, रोजगारी र कृषिमा अनुदानका कार्यक्रम ल्याउन मतदाताको माग छ। विकास गाउँमा पुगेपनि बसाइसराई शहर र तराईमा झर्दै गएकोप्रति गाउँलेहरु चिन्तित देखिन्थे। गाउँका नागरिकहरुलाई गाउँमै बसाल्ने खालका नीति, कार्यक्रमलाई विशेष जोडका साथ अघि बढाउन रुरुक्षेत्रका नागरिकहरुले उमेदवारलाई आग्रह गरेका छन्। 

यहाँ एमाले बाहेक सवै दलको चुनावी गठवन्धन छ। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको गठवन्धनबाट माओवादी केन्द्रका यदु ज्ञवाली अध्यक्षमा उठेका छन्। उपाध्यक्षमा दुर्गा ज्ञवाली उम्मेदवार छिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.