साउदीमा २० नेपालीले गरे रक्तदान
साउदी : साउदी अरेबियाको रियादमा ईदको अवसर पारी २० नेपालीले रक्तदान गरेका छन्।
हृदयघातका कारण रियादको किग साउद मेडिकल सिटीमा १० दिनदेखि उपचारत झापाका दिपेन्द्र अर्याललाई शल्यक्रियाका लागि रगत आवश्यक परेकाले २० जना नेपालीले रक्तदान गरेका हुन्।
परदेशी भूमिमा एक जना नेपालीले अर्को नेपालीलाई अप्ठ्यारो परेको अवस्थामा मानवीय सहयोग गर्न पाएकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका छन् भने उपचारत अर्यालको रगत दान सहयोगमा नेपाली दूतावास, अन्तर संस्था समन्वय समिति रियाद, एनआरएनलगायत सामाजिक व्यक्तिहरुले सहयोग गरे।