जनकपुरधाम उपमहानगरका स्वतन्त्र उम्मेदवारको प्रतिवद्धतापत्र सार्वजनिक

जनकपुरधाम उपमहानगरका स्वतन्त्र उम्मेदवारको प्रतिवद्धतापत्र सार्वजनिक

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतो र निर्मल चौधरीले आफ्नो पाँच वर्षे जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। ‘सिजन आमके, भिजन बलरामके’ मुख्य नारासहित जनकपुरधाम उपमहानगरपालिकाको स्थानीय निर्वाचन २०७९ जनकल्याण प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो। 

जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता, सुनिश्चितता गरी विकास एवं सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाहको मुख्य उद्धेश्यसहित सुशासनको माध्यमबाट शासन नीति तथा कार्यान्वयनबीचको दूरी हटाउने आर्थिक सुशासन एवं अपराधिक भ्रष्टाचारी प्रवृति हटाउने प्रतिबद्धता जनाएको छ। प्रतिबद्धतापत्रमा ७० वर्ष नाघेको जेष्ठ नागरिकलाई निःशुल्क दुर्घटना बिमा, जेष्ठ नागरिक क्लब र भेटघाटस्थल र मेयर कल्याणकारी कोषको स्थापना गर्ने उल्लेख गरेको छ।
 

बालश्रमिकलाई विद्यालय पढाउन बालश्रमिकको परिवारलाई २५ हजार अनुदानको व्यवस्था गर्ने तथा अतिविपन्न परिवारको बालबालिकालाई उच्च शिक्षामा छात्रवृति प्रदान गर्ने उल्लेख गरिएको छ। उम्मेदवार साहले भने, ‘जनकपुरधामको ईतिहास बोकेको सरस्वती, कन्या, जानकी, ज्ञानकुप माध्यमिक विद्यालयको संरक्षण र स्थानीय पुस्तकालय र वाचनालाय तथा व्यवस्थापनका साथै माध्यमिक शिक्षा सम्म  निः शुल्क पाठ्यपुस्तकको उपलब्धता गराउने प्रतिबद्धता जनाउँदछौं।’
  
लामो समयदेखि विवादमा रहेको ल्याण्डफिल साईटको व्यवस्थापनसंगै मच्छर भगाउ अभियान र अस्पताल जन्य फोहरलाई क्लिनिकल वेष्ट म्यानेजमेन्टबाट व्यवस्थान गर्ने जनाएको छ। सांस्कृतिक, पर्यटकीय पूर्वाधार सार्वजनिक स्थानामा सौन्दर्यीकरण र जनकपुरको ७ स्थानमा ईन्टरनेट सुविधासहितको डाटापार्क स्थापना र ५ स्थानमा पर्यटकीय डिजिटल भिडियो सूचना बोर्ड राखिने बताए।
 
प्रतिवद्धतापत्रमा होटल, मोडल र रिर्सोट सञ्चालमा नीजि क्षेत्रसंग हातोमालो तथा मिथिला परिकारलाई विशेष प्राथमिकतामा राखेर प्रचारप्रसार गरिने उल्लेख छ । ‘उपमहानगरको साना किसानलाई कृषि कार्यको सिंचाई मिटरमा ५० प्रतिशत छुट तथा समयमै मालखाद्य उपलब्ध गराउन केन्द्रको स्थापना गर्नेछ । आधुनिक वद्यशाला र बजार व्यवस्थापनमा आधुनिक मोडल सञ्चालन गरिने छ।’प्रतिबद्धतापत्रमा जीविकोपार्जन व्यवसायको दर्ता छुट आयमुलक तालिम लिएकाह्ररुलाई बैंक तथा वित्तिय संस्थाहरुसंग ऋणमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । 

उपमहानगरपालिको ग्रामीण क्षेत्र समेटनेगरी रिङ्गरोड तथा अन्डररग्राउण्ड विद्युतीय तार बिछयाउने प्रतिबद्धतापत्रमा भनिएको छ। ‘प्रदुषण नियन्त्रण तथा विपन्न परिवारका लागि ईन्डेक्स चुल्हा तथा खानेपान र शौचालयको व्यवस्थापन गर्नेछ।’ क्रिकेट, भलिवल, पहलमानी लगायतका खेलमा राष्ट्रीय समूह निर्माण र स्टेडियमा निर्माणमा पहल गर्ने जनाएको छ। यसैगरी स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापन, नेपाल पत्रकार महासंघ र मधेश पत्रकार महासंघको निःशुल्क ईन्टरनेट सुविधा प्रदान गर्ने उम्मेदवार बलराम महतोको प्रतिबद्धतापत्रमा उल्लेख छ।
 
गाडी नलिने, तलब भत्ता दान गर्ने
जनकपुरधाम उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार बलराम महतोले निर्वाचित भएपछि नगरपालिकाबाट प्राप्त हुने गाडी सुविधान नलिने घोषणा गरेका छन्। उनले भने, ‘अहिलेको नगरप्रमुखले जसरी गाडी किनेर कवाडमा थन्क्याईदियो त्यसरी म गर्ने छुईन्। नगरपालिकाबाट म गाडी नै लिदिन म आफ्नै गाडी चढछु। मैले पाउने तलव भत्ता सम्पुर्ण रकम बृद्धाआश्रम, बालआश्रम तथा अनाथ आश्रममा दान गर्ने प्रतिबद्धता जनाउनेछु।’

प्रतिवद्धतापत्र सार्वजनिक समारोहमा उनले भने, ‘मलाई जानकी माता र भगवान पशुपतिनाथले दिएको सब थोक छ, म जनकपुर बनाउन चाहन्छु, जनकपुर जनतालाई विकासको अनुभूति गराउन चाहन्छु। मलाई कुनै लोभ लालच छैन, बरु काम गर्न मसंग सबै श्रोत साधन छ, दुई रुपैयाँको काम १ रुपैयाँमै गरेर देखाईदिन्छु।’ उम्मेदवार महतो रमण कन्ट्रक्सनका मालिक थिए। हाल उनले कम्पनीबाट राजीनामा दिई निर्वाचनमा होमिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.