रसुवाको ९८ प्रतिशत घरमा राष्ट्रिय प्रणालीको विद्युत सेवा

रसुवाको ९८ प्रतिशत घरमा राष्ट्रिय प्रणालीको विद्युत सेवा

रसुवा : रसुवाको करिब ९८ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रणालीको विद्युतको पहुँच पुगेको छ। जिल्लामा अब २ प्रतिशत घरमा मात्र विद्युत् सेवा पुग्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार लाङटाङ र क्यान्जिन क्षेत्रमा विद्युत् पुर्याउन बाँकी छ। त्यहाँ माइक्रो हाइड्रो सञ्चालनमा छ। जिल्लामा विद्युत् उत्पादन भएको दुई दशक हुनै लाग्दा जिल्लाको सबै क्षेत्रमा विद्युत् सेवा पुग्न लागेको छ।
  

विद्युत् नपुगेका क्षेत्रमा विद्युत् पुर्याउने काम नियमित भइरहेको वितरण केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए। ‘हामीले केही क्षेत्रमा मात्र विद्युत् पुर्याउन बाँकी छ’, उनले भने, ‘यसका लागि हामीले काम गरिरहेका छौं।’ आर्थिक वर्ष २०७५/७६ को असार मसान्तसम्ममा जिल्लाको ८६.८९ प्रतिशत घरमा विद्युत् पुगेको थियो। स्थानीय तहले विद्युत् नपुगेको क्षेत्रमा विद्युत पुर्याउनका लागि समन्वय गरेका थिए। यसकारण पनि विद्युत् विस्तारले गति लिएको हो।
 
जिल्लाका ९ हजार ७ सय ३२ घरमा विद्युत् पुर्याएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लाको आमाछोदिङ्मोमा १ हजार ३ सय ३, नौकुण्डमा २ हजार २ सय ६६, कालिकामा २ हजार १ सय ६, गोसाइँकुण्डमा २ हजार २ सय १४ र उत्तरगयामा १ हजार ८ सय ४३ घरधुरी छन्। 

जिल्लामा अहिले दुईवटा जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिसकेका छन्। हाल जिल्लामा १० वटा जलविद्युत् आयोजना निर्माण भइरहेका तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.