रसुवामा क्यापासिटर बैंक राख्ने काम अझै सुरु भएन

रसुवामा क्यापासिटर बैंक राख्ने काम अझै सुरु भएन

रसुवा : रसुवामा क्यापासिटर बैंक राख्ने काम अझै सुरु भएको छैन। भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगमा विद्युत् लोडको मागलाई सन्तुलन बनाउनका लागि क्यापासिटर राख्नुपर्ने हुन्छ।

जिल्लामा क्यापासिटर बैंक नराख्ने ग्राहकको संख्या तीन सयको हाराहारीमा छ। विद्युत मोटर र वेल्डिङ मेसिन जडान गर्ने ग्राहकले क्यापासिटर बैंक राख्नुपर्ने भएपनि धेरैले नराखेको पाइएको नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणले क्यापासिटर बैंक नराख्ने ग्राहकको लाइन काट्न केही समयअघि कार्यालयहरूलाई परिपत्र गरेको थियो। तर जिल्लामा क्यापासिटर नपाइने भएकाले अहिलेसम्म लाइन नकाटिएको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए। ‘अहिले हामीले यसको कार्यान्वयनका लागि काम अघि बढाएका छौं’, उनले भने, ‘तर जिल्लामा क्यापासिटर नपाइने भएकाले समस्या छ।’ नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण विनियमावली २०७८ का अनुसार प्राधिकरणले ५ किलोवाटभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहककोमा मिटर जडान गर्दा शन्ट क्यापासिटर अनिवार्यरूपमा जडान गर्न लगाउनुपर्ने उल्लेख छ।
 

तर नियमअनुसार जिल्लामा सञ्चालित धेरै उद्योगले क्यापासिटर नराखेकाले राख्नका लागि प्रक्रिया अघि बढाइएको हो। ग्राहकले प्राधिकरणलाई क्यापासिटर ल्याएर जडान गरिदिन आग्रह गरेका छन्। कुन क्षमताको क्यापासिटर ल्याउने र कसरी जडान गर्ने बारे अन्योल भएकाले ग्राहकले क्यापासिटर जडान नगरिएको ग्राहक बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.