प्रहरीलाई स्थानीय तह निर्वाचन सुरक्षा तालिम
![प्रहरीलाई स्थानीय तह निर्वाचन सुरक्षा तालिम](https://annapurnapost.prixacdn.net/media/albums/trainning_20220504165750_IYvbEwPAH7.jpg)
गुलरिया : जिल्ला प्रहरी कार्यालय बर्दियाले प्रहरीलाई स्थानीय तह निर्वाचन सुरक्षा तालिम दिएको छ। आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न जिल्लाका प्रहरीहरुलाई दुई दिने तालिम दिईएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत प्रहरी ईकाइहरुमा कार्यरत प्रहरी वरिष्ठ नायव निरिक्षकदेखि प्रहरी जवान दर्जासम्मका सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई दुई दिने निर्वाचन सुरक्षा सम्बन्धी तालिम दिईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए। उनीहरुलाई दक्ष प्रशिक्षकले तालिम दिएका छन्।
तालिममा स्थानीय तहको निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न गर्न प्रहरी कर्मचारीले निभाउनुपर्ने भूमिका, उनीहरुको काम, कर्तब्य, अधिकारलगायतका बारेमा सचेत पारिएको डिएसपी सापकोटाले प्रष्ट्याए। निर्वाचन नजिकिँदै गर्दा प्रहरीले नियमित पैदल, पट्रोल गस्तीसँगै दलहरुका प्रचारप्रसार क्षेत्रहरुमा सुरक्षालगायत आचारसंहिता उल्लंघनमा निगरानी बढाएको जनाईएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)