परीक्षाको दुई दिनअघि विद्यार्थीबाट मागियो अतिरिक्त शुल्क, नदिए सामेल नगराउने धम्की

परीक्षाको दुई दिनअघि विद्यार्थीबाट मागियो अतिरिक्त शुल्क, नदिए सामेल नगराउने धम्की

काठमाडौं : काठमाडौंस्थित नेपाल मेडिकल कलेजले एमबीबीएस प्रथम सेमेस्टरका विद्यार्थीबाट पुनः गैरकानुनी शुल्क माग गरेको छ। शुक्रबारदेखि तोकिएको परीक्षामा सामेल हुन सय जना विद्यार्थीबाट २५ हजार रुपैँया अतिरिक्त शुल्क माग गरेको हो।

परीक्षाको दुई दिनअघि मात्र यस्तो शुल्क माग गर्दा विद्यार्थीहरु तनावमा परेका छन्। अतिरिक्त शुल्क नदिए परीक्षामा सामेल नगराउने नेपाल मेडिकल कलेजले धम्की दिएको पीडित विद्यार्थीले अन्नपूर्णलाई बताए।

कलेजले रजिष्ट्रेशन र नेपाल मेडिक काउन्सिल शुल्क शीर्षकमा २५ हजार मागेको हो। चिकित्सा शिक्षा ऐन २०७५ मा मेडिकल कलेजले रजिष्ट्रेशन र नेपाल मेडिकल काउन्सील शुल्क माग्नु गैरकानुनी भएको उल्लेख छ।

'परीक्षा पर्सी (शुक्रबार)देखि तोकिएको छ। पैसा नदिए परीक्षामा बस्न नदिने कलेज प्रशासनले धम्की दिएको छ। अब हामी के गर्ने?,' ती विद्यार्थीले भने, 'यसबारे चिकित्सा शिक्षा आयोगलाई ध्यानाकर्षण गराउँदा आश्वासनमात्रै दिनुभयो।’

मेडिकल कलेजहरुले पटक-पटक विद्यार्थीहरुबाट अतिरिक्त शुल्क असुल गर्दापनि सरकार संवेदनशिल हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.