कांग्रेसका बागी उम्मेदवार साहको घोषणापत्र : फोहर व्यवस्थापनदेखि रोजगारीसम्म

कांग्रेसका बागी उम्मेदवार साहको घोषणापत्र : फोहर व्यवस्थापनदेखि रोजगारीसम्म

जनकपुरधाम : नेपाली कांग्रेसबाट बिद्रोहगरी जनकपुरधाम उपमहानगरपालिकामा बागी उम्मेदवार बनेका मनोज साहले आफ्नो पाँच वर्षे कार्यकालको घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनको भागमा जनकपुरधाम उपमहानगरपालिका जनता समाजवादी पार्टीका निवर्तमान मेयर लालकिशोर साहको भागमा परेपछि स्वतन्त्र उम्मेदवार बनेका साहले आफ्नो घोषणापत्र सार्वजनिक गरेका हुन्।

स्वतन्त्र उम्मेदवारी दिएका साहले आफ्नो घोषणापत्रमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईट निर्माण गरी उर्जा तथा कम्पोष्ट मल तयार गरी कृषि कार्यमा प्रोत्साहनको नीति लिईने जनाएको छ। उनले प्रत्येक वडामा सुरक्षित फोहर संकलन केन्द्र तथा नीजि क्षेत्रको सहभागितामा फोहर ल्याण्डफिल साईटसम्म पुर्याउने योजना अघि सारेको छ। घोषणापत्रमा भनिएको छ, ‘जनकपुरको सडकपेटी पर्यटन मैत्री बनाउँदै धार्मिक तथा सांस्कृतिक सम्पदाको मर्मत सम्भार तथा सौन्दर्यीकरणमा ध्यान दिईनेछ। त्यस्तै ऐतिहासिकस्थल बाह्रविघा रङ्गभूमी मैदानलाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाईनेछ।’ जनकपुरलाई सुरक्षाको दृष्टिकोणले सिसिटिभी जडान र फ्रि वाईफाईको व्यवस्था गरिने जनाएका छन्।   

जनकपुरको रिङ्गरोड बनाउने तथा जनगुनासो डेस्क सञ्चालन गर्नुको साथै सूचनाको हकलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र पत्रकार मैत्री डेस्क सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ। ‘ग्रामीण वडाहरुमा मलखाद, बीउँ बिजन, सिंचाईसेवा, कृषि उपज बजार व्यवस्थापन तथा फलफुलमण्डीको व्यवस्थापन गर्नेछ। अतिविपन्न नागरिकको हकमा आवासबाट बञ्चित रहेका व्यक्ति, परिवारलाई घर बनाई हस्तान्तरण गर्ने भएको छ।’ घोषणापत्रमा सिपमुलक तालिमका साथै साना तथा मझौला उद्योग स्थापनामा ऋण अनुदानको व्यवस्थापन गरिने जनाएको छ।

स्वतन्त्र उम्मेदवार साहले २५ वडामा सडक सञ्जाल र परिवहन सेवाका साथै अत्याधुनिक बस स्टेण्डसमेत निर्माण गरिने भएको जानकारी दिए। उनले भने, ‘जनकपुरमा अहिले अस्वस्थ्यकर बद्यशालालाई व्यवस्थित गरिनेछ साथै तरकारी बजारलाईसमेत फुटपाथबाट हटाएर निश्चित ठाउँमा व्यवस्थित गर्ने योजना छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.