प्यूठानमा मतदाताले फेरि रोज्लान त पुरानै अनुहार ?

प्यूठानमा मतदाताले फेरि रोज्लान त पुरानै अनुहार ?

प्यूठान : प्यूठानका पाँच वटा गाउँपालिकामा पुरानै अनुहार पूनः अध्यक्ष बन्ने दौडमा छन्। नेकपा एमालेबाट जितेका दुई र नेपाली कांग्रेसले जितेका तीनवटै गाउँपालिका अध्यक्ष पूनः दोहोरिने दौडमा लागेका हुन्। उनीहरु घरदैलोमा पुगेर फेरि मतदान गर्न मतदातासँग आग्रह गरिरहेका छन्। 

एमालेले जितेको सरुमारानी गाउँपालिकामा अध्यक्ष झग बहादुर विश्वकर्मा, माण्डवी गाउँपालिमा श्रीधर रोका अध्यक्ष पदमा उम्मेदवार छन्। जिल्लाका दुई वटै गाउँपालिकामा पहिलो कार्यकालमा गरेको राम्रो कामका आधारमा फेरि टिकट दिइएको एमाले प्यूठानले जनाएको छ। 

सरुमारानीमा उम्मेदवार बनेका विश्वकर्मा एमाले प्यूठानका उपाध्यक्ष र माण्डवीका रोका पार्टीका जिल्ला उपसचिव हुन्। जिल्लामै राम्रो काम गरेको भन्दै माण्डवी अहिले पनि विवादरहित पालिकाभित्र पर्ने गरेको छ। एमालेले यी दुवै गाउँपालिका आफूले जित्ने सूचीमा पारेको छ। 

त्यस्तै कांग्रेसले यसअघि जितेको गौमुखी गाउँपालिकामा विष्णुकुमार गिरी अध्यक्षमा पूनः उम्मेदवार बनेका छन्। कांग्रेसका जिल्ला सभापतीसमेत रहेका गिरी माओवादीसँग मिलेर चुनाव लडेका छन्। सत्ता गठवन्धनमा रहेको राष्ट्रिय जनमोर्चालाई गौमुखीमा कांग्रेस, माओवादीले सहभागी गराएनन्।

कांग्रेसका नेता एवं निर्माण व्यवसायी शोभाराम न्यौपानेले टिकट पाउने चर्चा भएपनि पार्टीले गिरीलाई उठाएको छ। गौमुखीका कांग्रेस चुनावी मैदानमा दुई धुव्रमा विभाजित भएको देखिएको छ। ऐरावती गाउँपालिका अध्यक्ष नविलविक्रम शाह पनि फेरि अध्यक्षका उम्मेदवार बनेका छन्। यहाँ राष्ट्रिय जनमोर्चासँग कांग्रेसको तालमेल छ। मिठो बोलीले मतदाताको मन जित्ने शाहसँग खुबी देखिन्छ।

नौवहिनी गाउँपालिका बाहानेमा शिव रिजाल अध्यक्ष उम्मेदवार बनेका हुन्। यहाँ यसअघिकै उम्मेदवारहरुबीच चुनावी प्रतिस्पर्धा छ। माओवादीसँग कांग्रेसको तालमेल भएको छ। रिजाल नेपाली कांग्रेसका जिल्ला सदस्य हुन्। उनी जिल्ला सभापतीमा दुई पटकसम्म उठेर पराजय भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.