धनगढी उपमहानगर : मेयरमा त्रिपक्षीय प्रतिस्पर्धा,कसले मार्ला बाजी ?

धनगढी उपमहानगर : मेयरमा त्रिपक्षीय प्रतिस्पर्धा,कसले मार्ला बाजी ?

धनगढी : सुदूरपश्चिमको एकमात्र धनगढी उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर ओड मेयरमा दोहोरिएका छन् भने नेकपा एमालेले रणबहादुर चन्दलाई उमेदवार बनाएको छ । 

गठबन्धन र एमालेका उमेदवारसँगै स्वतन्त्र रुपमा उमेदवारी दिएका गोपाल हमाल पनि चुनावी मैदानमा छन् । ओड पछिल्ला पाँच वर्षमा ‘टेस्टेड’व्यक्ति हुन भने हमाल पनि २०७४ सालको चुनावका निकटतम प्रतिद्वन्दी हुन्।

२०७४ सालको निर्वाचनको परिणाम हेर्ने हो भने १४ हजार ३२४ मत ल्याएर मेयरमा नृपबहादुर ओड विजयी भएका थिए । उनीसँगै निकटतम रहेका स्वतन्त्रका गोपाल हमालले ११ हजार ५२७ मत ल्याएका थिए । हमाल २७ सय ९७ मतले पराजित भएपनि उनका ३ हजार बढी मत बदर भएका थिए । 

मेयरमा दोहोरिएका नृपबहादुर ओडले आफूले १९ वटै वडामा नगरबासीहरुलाई खुसी पारेकाले आफ्नो जीत पक्का भएको दाबी गरेका छन्।

त्यतिबेला नेकपा माओवादी केन्द्रका रामसमझ राना १० हजार २०९ मत र नेकपा एमालेका उमेदवार दुर्गाप्रसाद जोशीले ९ हजा ९४६ मत ल्याएका थिए । यसपाली धनगढीमा झण्डै १७ हजार मतदाताको संख्या बढेर ९२ हजार  पुगेको छ।  तीनवटै उमेदवारहरुले आ–आफ्नो जीतको दाबी गरेपनि यसपालीको चुनावी नतिजा भने एकदमै प्रतिस्पर्धी हुने देखिन्छ ।

मेयरमा दोहोरिएका नृपबहादुर ओडले आफूले १९ वटै वडामा नगरबासीहरुलाई खुसी पारेकाले आफ्नो जीत पक्का भएको दाबी गरेका छन् । 'मैले विकास निर्माणको कुरा होस वा कोभिडको बेलाको कुरा होस्, १९ वटै वडाका बासिन्दालाई खुसी पारेको छु, पहिलो आधार यही हो,' ओडले भने । 

ओड गठबन्धन  आफ्नो जित्ने बलियो आधार भएको बताउँछन । 'चार दलबीच गठबन्धन भएको छ, गतवर्षको माओवादीको र मैले ल्याएको मत मात्रै जोड्ने हो भने साढे २४ हजार हुन्छ, अझ अरु दलको पनि थपिन्छ, मतदाता पनि बढेका छन्, त्यहाँबाट पनि भोट थपिन्छन्, जीत पक्का छ,' ओडले भने ।

ओडले, मेयरमा दोहोरिएपछि कांग्रेसभित्रकै एउटा समूह रुष्ट छ । २०७४ सालकै निर्वाचनमा पनि मेयरका प्रबल दाबेदार रहेका कृष्णबहादुर महराले त आफूले राजनीति नै नगर्ने भनी सामाजिक सञ्जालमा चेतावनी दिएका छन् । यसपाली पनि उनी मेयरका दाबेदार थिए तर टिकट पाएनन् । 

नेकपा एमालेले स्वच्छ छबि बनाएका पार्टीका निवर्तमान जिल्ला उपाध्यक्ष रणबहादुर चन्दलाई उमेदवार बनाएको छ । ‘गएका पाँच वर्षमा उपमहानगरको हविगत देखेका जनताले विकल्प खोजिरहेका छन् । म त्यो बलियो विकल्प हुँ,' चन्दले भने, 'पाँच वर्षमा नगरको अवस्था के भयो ? भ्रष्टाचार कति मौलायो, नगरको अस्तव्यस्तताले मतदाताले विकल्प खोजिरहेका छन् ।'

गठबन्धन गरेकोमा आपत्ती जनाउँदै  नेपाली कांग्रेसका नेता प्रभाकर भण्डारीले उपमेयरमा उमेदवारी हालेपछि झन कांग्रेसभित्रको अन्तरविरोध प्रस्टिएको छ । गठबन्धनमा उपमेयरको भाग नेकपा माओवादी केन्द्रलाई परेको छ । गतवर्ष उपमेयरमा पराजित शान्ति अधिकारी क्षेत्रले यसपाली पनि उपमेयरकै टिकट पाएकी छिन् ।

'मेरो मतभेद भनेको जित्ने निश्चित भएको पालिकामा गठबन्धन हुनु हो । दुबै पदमा जितेको उपमहानगरमा गठबन्धन किन चाहियो, त्यही भएर उपमेयरमा उमेदवारी दिएको हुँ,'भण्डारीले भने । नेकपा एमालेले भने उपमेयरमा रानाथारु समुदायबाट कन्दकला रानालाई उमेदवार बनाएको छ ।

कांग्रेसभित्रको असन्तुष्टिको फाइदा एमालेलाई हुने देखिन्छ । नेकपा एमालेले स्वच्छ छबि बनाएका पार्टीका निवर्तमान जिल्ला उपाध्यक्ष रणबहादुर चन्दलाई उमेदवार बनाएको छ । ‘गएका पाँच वर्षमा उपमहानगरको हविगत देखेका जनताले विकल्प खोजिरहेका छन् । म त्यो बलियो विकल्प हुँ,' चन्दले भने, 'पाँच वर्षमा नगरको अवस्था के भयो ? भ्रष्टाचार कति मौलायो, नगरको अस्तव्यस्तताले मतदाताले विकल्प खोजिरहेका छन् ।'

चन्दले आफ्नो जित्ने आधार रानाथारु समुदाय पनि रहेको बताए । ‘भन्ने बेला सबैले समावेशीताका कुरा भन्छन्, तर यत्तिका दलहरुले पछाडि पारिएको वर्गबाट उमेदवार बनाएका छैनन्, नेकपा एमालेले रानाथारु समुदायकी कन्दकला रानालाई उपमेयर बनाएको छ, एमालेको जित्ने बलियो आधार त्यो पनि हो,' चन्दले भने ।

धनगढी उपमहानगरपालिकाका ९२ हजार मतदातामध्ये चौधरी थारु समुदायको २० हजार र राना थारु समुदायको १२ हजार मतदाता  रहेका छन्। 'हामीले निकालेको तथ्यांकमा चौधरी थारु र रानाथारुको संख्या ३२ हजार छ,' रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमल रानाले भने ।

स्वतन्त्र पदका उमेदवार गोपाल हमाल पनि आफूले जित्ने दाबी गर्छन्। । उपमहानगरको सेवा सुविधा पनि नलिने, आफ्नै गाढी चढ्ने र धनगढीलाई विकासको मोडेल बनाउने कार्ययोजासाथ अघि बढेकाले आफू जित्ने उनको दाबी छ ।  'मैले विकासको 'धनगढी मोडेल' भनेको छु, धनगढी मोडेल देशैभरी अनुशरण हुने मोडेल हुनेछ,' उनले भने ।

चन्दले यसपाली पार्टीभित्रको एकता पनि आफ्ना लागि जित्ने ठूलो आधार भएको बताए । 'हरेक पार्टीमा टिकट पाएपछि हुने विवादले अन्तरघात हुने, एकअर्कोलाई असहयोग गर्ने परिपाटी छ । तर नेकपा एमाले यसपाली भने एकढिक्का भएर चुनावमा उत्रिएको छ,' उनले भने ।

उनले, एमालेबाट मेयर पदका लागि पार्टीबाट सिफारिस भएका अरु दुईजना दुर्गाप्रसाद जोशी र जीवन बम आफ्ना प्रस्तावक समर्थक रहेर हरेक दिनको चुनावी सभामा भोट मागिरहेको बताए । ‘मेरो प्रमुख आधार नै पार्टीभित्रको एकता हो, जेष्ठ कम्युनिष्ट नेताहरु पनि खटिएका छन, गठबन्धन प्रति देशैभरी असन्तुष्टि छ, त्यसैले म जित्छु,' चन्दले भने ।

स्वतन्त्र पदका उमेदवार गोपाल हमाल पनि आफूले जित्ने दाबी गर्छन्। । उपमहानगरको सेवा सुविधा पनि नलिने, आफ्नै गाढी चढ्ने र धनगढीलाई विकासको मोडेल बनाउने कार्ययोजासाथ अघि बढेकाले आफू जित्ने उनको दाबी छ ।  'मैले विकासको 'धनगढी मोडेल' भनेको छु, धनगढी मोडेल देशैभरी अनुशरण हुने मोडेल हुनेछ,' उनले भने ।

उनले अहिले राजनीतिक दलहरुको कार्यप्रति जनतामा व्यापक असन्तुष्टि रहेको दाबी गरे । 'दलका नेताहरुप्रति जनतामा निरासा छ, संघीयता पछि देश विकासले फड्को मार्ला भन्ने आशा थियो, त्यो हुन सकेन, त्यसैले जनताले मलाई विकल्प देखेकाले दोस्रो पटक उमेदवारी दिएको हुँ,' उनले भने ।

उनले यसपाली आफू जनताको घर घर पुगेकाले आफ्नो मत बढने दाबी गरे । 'गतवर्ष मैले मुख्य नगर क्षेत्रका ६/७ वडाहरु बाहेक साविकको उर्मा र फुलबारी गाविसका वडाहरुमा जान सकेको थिएन, म दुई वर्षदेखि हरेकका घर घरमा पुगेको छु,'उनले भने,'गतवर्ष कांग्रेसलाई जिताएर नगरबासीलाई पछुतो भएको छ, यसपाली जनताले मलाई रोज्नेछन् ।’

विश्लेषकहरुलाई पनि धनगढी उपमहानगरपालिकाको नतिजाबारे अन्यौलता छ । निवर्तमान मेयर ओड परीक्षण गरिसकेका व्यक्ति भएकाले मतदाताको रुझान अलि फरक भएको छ । थोरै मतले हारेकाले गोपाल हमालले पो राम्रो काम गर्थे की भनेर उनी प्रतिको सहानुभूति  पनि नगरबासीमा देखिन्छ । 

अझ 'मल्टीपार्टी डेमोक्रेसी' मा स्वतन्त्र भन्दा पनि एमाले ठिक भनेर मतदाताको रुझान रणबहादुर चन्दतिर गयो भने उनले पनि बाजी मार्न सक्छन् । एमालेका लागि रानाथारु समुदायको उपमेयर पद पनि जित्ने आधार हुनसक्छ । अरु कुनै पनि पार्टीले नगरमा प्रमुख र उपप्रमुख पदमा रानाथारु समुदायबाट उमेदवार दिएका छैनन्।

स्मरण रहोस् संघीय निर्वाचनमा रानाथारु समुदायकै भोटका कारण आरजु देउवा पराजित भएकी थिइन् भने नारमुनी रानाले चुनाव जितेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.