प्रचण्ड भिजेको विरालो होइन, मुसोजस्ता भएका छन् : केपी ओली (फोटो फिचरसहित)

प्रचण्ड भिजेको विरालो होइन, मुसोजस्ता भएका छन् : केपी ओली (फोटो फिचरसहित)

धनगढी : नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्ड अहिले मुसो भएको आरोप लगाएका छन्। कैलालीको बौनियामा चुनावी सभालाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाए।

‘नेकपा हुँदा प्रचण्ड दोस्रो अध्यक्ष थिए, जता गए पनि उनको शेरको जस्तो गर्जन थियो, अहिले त प्रचण्ड भिजेको विरालो होइन, मुसोजस्ता भएका छन,’ उनले भने। उनले सत्ता गठबन्धनका चुनावी कार्यक्रममा कांग्रेसले प्रचण्ड र नेपाललाई बोल्नै नदिएको दाबी गरे। 

‘अहिले गठबन्धनले सातवटै प्रदेशमा चुनावी सभाहरु गरिरहेको छ, तर तपाईँहरुले पनि देख्नुभयो होला, प्रचण्ड र माधव नेपाललाई बोल्नै दिइँदैन। हिजोमात्रै प्रचण्ड बालुबाटार पुगेर भनेछन्, 'लौन छोरी लडिरहेको क्षेत्रमा त बोल्न दिनुपर्‍यो। यस्तो अवस्था छ गठबन्धनको’ ओलीले भने। ‘माधव कुमार नेपाल त्यतिबेला जता गए पनि धाक लगाएर बोल्थे, तर अहिले?’ ओलीले हास्दै भने।

कैलालीको थारु बाहुल्य भएको क्षेत्रमा पुगेर ओलीले रेशम चौधरीलाई जेल हाल्ने कुनै कारण नभएको बताए। ‘कति जना मारिएका छन, कस्ता-कस्ता आन्दोलन भएका छन, तर थारुका एकजना नेता जेल परे। उनलाई जेल हाल्ने कारण नै थिएन। मैले थारुहरुसँग ६ बुँदे सहमति गरेको मात्रै थिए। सरकार ढालिदियो, अहिले १० महिनासम्म पनि सरकारले रेशम चौधरीको बारेमा केही बोलेको छैन,’ ओलीले भने। 

अध्यक्ष ओलीले नेकपा एमालेले जसरी पनि स्थानीय सरकार जित्नुपर्ने बताए। ‘संसदीय निर्वाचनमा एमालेको सरकार बन्छ। देशभरि एमालेको जनलहर छ, त्यसैले अहिलेदेखि नै गाउँ गाउँमा एमाललाई जिताउनुस्। भोलि केन्द्रले बजेट दिए पनि स्थानीय सरकार आफ्नो भएन भने कार्यान्वयनमा समस्या हुन्छ,’ ओलीले भने, 'अहिले गबन्धनले महिलालाई उपेक्षा गर्‍यो। महिला उम्मेदवार भएन।'

ओलीले सत्ता गठबन्धनले महिलालाई उपेक्षा गरेको आरोप लगाए। ‘गठबन्धन भनेको छ, महिला उम्मेदवार नै दिएको छैन। प्रमुखमा एक पार्टीको पुरुष छ भने उपमेयरमा पनि पुरुष, खै त महिलालाई अवसर दिएको?,’ ओलीले प्रश्न गरे, ‘नेकपा एमालेले महिलालाई प्राथमिकताका साथ धेरै ठाउँमा प्रमुखमै उम्मेदवार बनाएको छ।’

ओलीले एकै दिनमा तीन वटा चुनावी सभा गरिरहेका छन्। कैलालीको बौनिया, त्यसपछि कञ्चनपुरको बेलौरी र कैलालीको धनगढी रंगशालामा तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.