गेरुवा-कर्णाली नदीमा डुबेर युवक बेपत्ता
![गेरुवा-कर्णाली नदीमा डुबेर युवक बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/Bepatta_20220505203108_VoGWBUFhvv.jpg)
गुलरिया : बर्दियाको मधुवन नगरपालिका र राजापुर नगरपालिकाको दोसाँधमा अवस्थित गेरुवा कर्णाली नदीमा पौडी खेल्ने क्रममा एकजना युवक डुबेर बेपत्ता भएका छन्। मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारु नदीमा पौडिने क्रममा डुबेर बेपत्ता भएका हुन्।
बेपत्ता भएका युवकको प्रहरी र शसस्त्र प्रहरीको पौडीबाज टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए। पुलदेखि ५ सय मिटर उत्तरतर्फ युवक डुबेका हुन्। भारतमा रहेको ब्यारेजमा पनि खबर गरी खोजी कार्य जारी राखिएको डीएसपी सापकोटाले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)