सशस्त्रको एआईजीे  बढुवामा ‘चलखेल’

सशस्त्रको एआईजीे  बढुवामा ‘चलखेल’

काठमाडौं : सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ। 

रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईजीपीका लागि उम्मेदवार बनाउने हिसावले एक पदमा मात्रै बढुवा गरिएको सरोकारवालाहरू बताउँछन्। 

नाम नबताउने शर्तमा सशस्त्र प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘यहाँ त सिधै चलखेल भएको छ। खाली भएका दुइटा ठाउँमा एउटाको मात्रै बढुवा सिफारिस गर्ने कारण के हो ? सम्बन्धित पक्षले जवाफ दिनुपर्छ। नियतबस पौडेललाई एआईजी बनाएर भावी आईजीपीका लागि तयार गरिएको हो।’ 

सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन्। वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधि पद्धति कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामू निरीह देखिएका छन्। 

पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट  

संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा बढुवा गर्ने प्रतिबद्धता जनाएका अर्याल सुरुवातमै बेथितिको साझेदार बनेका छन्। गृह मन्त्रालयको बढुवा समितिमा सशस्त्रका आईजीपी अर्याल सदस्य सचिवको जिम्मेवारीमा छन्। उनले व्यक्ति विशेषको फाइदाका लागि समितिले योजनाबद्ध रूपमा एकल बढुवा सिफारिस गरेको हो। 

बहालवाला एक प्रहरी अधिकृत भन्छन्, ‘संगठनको हितका लागि नियुक्त भएका आईजीपीले नै बढुवाका लागि राजनैतिक चलखेल सुरु गर्नु संगठनको हित विपरित हो। व्यक्ति विशेषको भलाइका लागि लाग्नु गलत हो। यसले अन्य प्रहरी अधिकृतहरूमा निरासा छाउँछ। संगठन र कामभन्दा पनि व्यक्तिको गुणगान गाउने प्रचलन बढ्छ। रिक्त पद नै थिएन भने एउटा कुरा, कि बढुवाका लागि उम्मेदवार नै नभए हो। अन्य उम्मेदवारको बेवास्ता गर्दै एकलौटी बढुवा सिफारिस गर्नु गलत नै हो। नियतबस नै विभेद गर्न भएन नी।’ 

सशस्त्रमा रिक्त दुई एआईजीमा बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएका थिए। पौडेलसहित चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानको आवेदन परेको थियो। प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये उनी जुनियर भएकाले एआईजीमा बढुवा हुने संभावना कम थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.