मतदाता भन्छन् : दु:खमा साथ दिने उम्मेदवारको खोजीमा छौं
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिका ३ का रामसिं तामाङको घरमा दुई पार्टीका उम्मेदवार आएर भोट मागिसकेका छन् । तर, उनले अझै कस्लाई मत दिने भन्ने निर्णय गरिसकेका छैनन् । जनप्रतिनिधि आएपछि गाउँघरको विकास भएको उनलाई अनूभुति छ । 'अघिल्लो पटक भोट दिए, नेताहरुले गाउँमा बाटो ल्याए,' उनले भने, 'नेता छानेपछि मात्र विकास हुनेरैछ, यो पटक कस्लाई दिने भनेर बुज्दैछु ।’
उनीजस्तै धेरै स्वतन्त्र मतदाता गाउँको नेतृत्व चयनको लागि राम्रा उम्मेदवारको खाजीमा छन् । उनीहरु क्षमता र योग्यताले पूर्ण भएका व्यक्तिहरुलाई उम्मेदवारका रुपमा खोजिरहेका छन् । स्थानीय चुनावमा योग्य, सक्षम, जनताका हरेक सुख, दुःखमा साथ दिइरहने उम्मेदवार खोजिरहेको हेटौंडा–१६ का शिव उप्रेती बताउँछन् । ‘आगामी निर्वाचनमा जनताको हरेक समस्या बुझ्ने र वृद्धवृद्धाहरूको घरघरमा सेवा दिन सक्ने व्यवहारिक उम्मेदवारको खोजि गरिरहेका छौं,' उनले भने, ‘सामाजिक क्षेत्रमा राम्रो छवी बनाएको र जो लामो समयदेखि सामाजिक काममा पनि सक्रिय भूमिकामा रहर जनताको सेवा तथा विकासको काम गर्नसक्ने उम्मेदवार हामीले चाहेका छौं ।'
भ्यु टावर बनाउने, बाटो ढलान मात्र गर्ने भन्दा पनि उत्पादनका क्षेत्रमा मात्र काम गर्ने जनप्रतनिधि आवश्यक रहेको उनले बताए । आगामी निर्वाचनमा उम्मेदवार बनेका व्यक्तिहरुले समृद्ध स्थानीय तहको निर्माणको लागि युवा लक्षित कार्यक्रमहरु ल्याउनु पर्ने हेटौंडा–१ का रमेश सुवेदीको भनाइ छ ।
आगामी निर्वाचनमा उम्मेदवारहरूले पुरानै ढर्रामा खानेपानी, बिजुली, बाटो, सिंचाइ, खानेपानी भन्दै एजेण्डा बनाइरहेको मनहरी गाउँपालिकाका सुरेश तामाङले बताए ।
उनले उम्मेदवारहरुले जग्गा प्लटिङ रोक्ने, कृषिलाई प्राथमिकता दिने र किसानलाई सहुलियत तथा कृषिमा लाग्न प्रेरित गर्ने जस्ता योजनाहरु ल्याएर उद्यमशिलता विकासका काममा लाग्नु पर्ने बताए ।‘युवाहरूलाई नागरिकलाई आफ्नै ठाउँमा रोजगारीको अवसर सिर्जना गर्ने जनप्रतिनिधि भएन भने देशको अवस्था भयावह हुनसक्छ ।
हालसम्म स्थानीय तहमा उम्मेदवार बनेकाहरुसँग सो प्रकृतिको यस्तो कार्यक्रम देखिएको छैन,'उनले भने, 'जनताले शिक्षा, स्वास्थ्य र यातायातमा सहज पहुँच, विपन्न तथा गरिब वर्गहरुको लागि हरेक सेवामा छुट गर्ने तथा राजश्व दर कम गरी सेवाप्रवाहलाई समय सापेक्ष विकास गर्दै जानुपर्ने देखिन्छ ।’
आगामी निर्वाचनमा उम्मेदवारहरूले पुरानै ढर्रामा खानेपानी, बिजुली, बाटो, सिंचाइ, खानेपानी भन्दै एजेण्डा बनाइरहेको मनहरी गाउँपालिकाका सुरेश तामाङले बताए । ‘दिगो विकास, रोजगारी, शैक्षिक सुधार,कार्यशैलीमा परिवर्तनका कुरा समावेश हुनुपर्छ ।
विगतमा निर्वाचित जनप्रतिनिधिहरुले ल्याएका योजनाहरु त्यो उनीहरुको परिकल्पना नभइ जनताको आवश्यकता र मागको आधारमा निर्धारण गरिएको मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए
पार्टीहरूले स्थानीय सरकारको काम, कर्तव्य र अधिकारलाई बुझेको, जनताको भिजेको उमेद्वारहरुलाई अघि सार्नु उपयुक्त हुन्छ,' उनले भने, 'युवा सोच भएका व्यक्तिहरूलाई अघि बढाउँदा उनीहरूबाट नवीन कार्यशैलीको अपेक्षा गर्न सकिन्छ । उम्मेदवारहरुले उच्चतम खालको दिगो विकासका क्षेत्रमा प्रभाव पार्ने प्रक्रितिको एजेण्डा बनाउनु पर्छ । त्यस्ता योजनाहरुको अभाव देखिन्छ । सामान्य बाटो–घाटो निर्माण लगायताका एजेण्डा बनाउँदै आएको देखिन्छ ।’
विगतमा निर्वाचित जनप्रतिनिधिहरुले ल्याएका योजनाहरु त्यो उनीहरुको परिकल्पना नभइ जनताको आवश्यकता र मागको आधारमा निर्धारण गरिएको मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले बताए । उनले विगतमा सुरु गरिएका अधुरा योजनाहरुलाई पुरा गर्न निरन्तरता दिने र स्थानीय तहले नयाँ फड्को मार्नको निमित्त रोजगारि सृजनाको कामहरु आगामी निर्वाचनबाट चुनिने नेतृत्वले गर्नुपर्ने बताए ।
‘वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरु पनि स्थानीय तहमा नै फर्किएर आफ्नो सिप क्षमता अनुसारको काम गर्न प्ररित भएको देखिएको छ । उनीहरुलाई सुहाउँदो प्रकृतिको वातावरण मिलाउनु पर्छ,' उनले भने, ‘विगतमा खानेपानी, सडक, पुल, भवन जस्ता पूर्वाधार निर्माणका काममा केन्द्रीत हुनपर्ने अवस्थाले गर्दा रोजगारी सृजनाको काम पछि पर्यो । आगामी दिनमा तालिम प्राप्त व्यक्तिहरुलाई रोजगारिमा जोड्न घरेलु उद्योगहरुको स्थापना गरी उत्पादनमा केन्द्रीत हुनुपर्छ ।'
स्थानीय निर्वाचनमा खटिने उम्मेदवारले जनताको लागि काम गर्ने भएकाले पार्टीमा भन्दा फरक ढंगबाट जनप्रतिनिधि जनताको काममा सक्रिय हुनुपने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ छ ।
विष्टले जनताको मागहरु सम्बोधन गर्नु दलहरुको एजेण्डा हुनुपर्छ भनिएपनि अहिले जनताको माग सम्बोधनको रणनीतिभन्दा पनि हाम्रो पार्टीले जित्नुपर्छ भन्ने रणनीति पार्टीमा हावी भएको देखिएको बताए । ‘आफ्ना उमेदवारलाई भोट दिएर जिताउनु पर्ने मात्रै रणनीति छ,'उनले भने, 'अहिले पार्टीहरु भड्किलो चुनावी अभियानतर्फ लागेको छ । यसको सुधार गर्दै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वीकार गरेर एकजुट भएर अघिढ्नु नै वर्तमान परिस्थितिको माग हो । यसबाट राम्रो नजिताको अपेक्षा गर्न सकिन्छ ।’
स्थानीय निर्वाचनमा खटिने उम्मेदवारले जनताको लागि काम गर्ने भएकाले पार्टीमा भन्दा फरक ढंगबाट जनप्रतिनिधि जनताको काममा सक्रिय हुनुपने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लको भनाइ छ । ‘स्थानीय तहका जनप्रतिनिधिले सरकारको बजेटलाई ठिक ढंगबाट कार्यान्वयन गराउने जिम्मेवारी पाएको हुन्छ भने पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुले नीति निर्माण गरेर स्थानीय तहका जनप्रतिनिधिहरुलाई सधाउ पुर्याउने काम गर्नुपर्छ । पार्टीले पनि जनताको हक, अधिकार, सुविधा र विकासका लागि काम गर्न सोही अनुसारको एजेण्डा बोक्नु पर्छ,' उनले भने ।
विवेकशिल नेपाली साझा पार्टीबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले स्थानीय नेताहरूले चुनावका एजेन्डाहरू तय गर्दा संविधान र कानुनले दिएको अधिकार क्षेत्रमा भित्र रहेर, पुरा गर्न सकिने एजेण्डा मात्रै अघि सार्नु उचित हुने बताए । उम्मेदवारले आफूलाई ‘शासक’ नभइ ‘सेवक’को रूपमा प्रस्तुत गर्न सक्नुपर्ने उनले बताए ।
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्यायले आम जनताले अपेक्षा गरेभन्दा विपरित पार्टी, नेता, अभियन्ता र बुद्धिजीवीहरुको भूमिका देखिएको बताए । ‘समग्र गाउँ र नगर विकासको योजना लिएर जाने उत्कृष्ट नेतृत्वको छनौट पार्टी र नेताबाट हुनुपर्छ भन्ने हो ।
‘आफू निर्वाचित भएपछि नागरिकका आधारभूत कामहरू सहज ढङ्गले गर्ने प्रत्याभूति दिलाउनुपर्छ । जन्म, मृत्यु, विवाह, बसाइसराई जस्ता विषयको अभिलेख सेवाग्राहीलाई माग गर्ने बित्तिकै उपलब्ध गराउनुपर्छ,' उनले भने, ‘वृद्धवृद्धा, अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई आवश्यक सेवाहरू निजको घर दैलोमा नै उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ । वडा र पालिकाले गर्ने कार्यहरू पूर्ण पारदर्शी हुनुपर्छ ।’
मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. शंकर उपाध्यायले आम जनताले अपेक्षा गरेभन्दा विपरित पार्टी, नेता, अभियन्ता र बुद्धिजीवीहरुको भूमिका देखिएको बताए । ‘समग्र गाउँ र नगर विकासको योजना लिएर जाने उत्कृष्ट नेतृत्वको छनौट पार्टी र नेताबाट हुनुपर्छ भन्ने हो ।
नेतृत्वले अरुलाई सही बाटोमा डोहोर्याउन सक्ने आचारण प्रस्तुत गर्नु पर्ने हुन्छ, 'उनले भने, ‘आम नागरिकहरुले विवेकपूर्ण तरिकाबाट नेतृत्व छनौट गर्नु पर्ने हुन्छ । छनौट भएको नेतृत्वलाई साथ सहयोग दिएर अघि बढ्नु पर्नेहुन्छ । गाउँ र नगरपालिका भनेको जनताको जीवन स्तरसंग प्रत्येक्ष सरोकार राख्ने र सबै तहबाट पाएको बजेट कार्यान्वयन गर्ने निकायको रुपमा रहेको हुन्छ ।’
उनले स्थानीय तहको नेतृत्व लिने व्यक्तिहरु प्रक्रिया र संचालनको विज्ञ क्षमताको हुनुपर्ने बताए । यसमा पार्टी नतृत्व, नेता एवम् कार्यकर्ता र आम बौद्धिक वर्गहरुबाट रचनात्मक सुझाव दिनु पर्ने उनको भनाइ छ । ‘बैद्धिक वर्गहरुले पक्ष र विपक्ष भन्दा पनि जनता र स्थानीय तहको विकासलाई मात्र आधार बनाउनुपर्ने हुन्छ ।
राजनीतिक पार्टीले विकासको योजना, कार्य क्षमता, दिगो विकासको अवधारणा भएका व्यक्तिहरुलाई निर्वाचनमा अघि बढाउनुपर्छ,' उनले भने, ‘जनताको मनोभावना बुझ्ने क्षमता भएका व्यक्तिको पक्षमा पार्टी र नेताहरुले वकालत गर्नुपर्छ । नीति निर्माणमा भन्दा पनि सेवा प्रवाह र विकासका योजनामा काम गर्ने स्थानीय तह भएकाले समग्र विकासका योजनाहरुमा अवधारणा भएका व्यक्तिहरुलाई अघि बढाउनु पर्छ ।'
उनले विकास र सुशासनका विषयलाई समानान्तर तरिकाबाट अगाडि लैजानु पर्नेमा जोडदिए । 'निर्वाचनमा विकास र सुशासनको समानता कायम गरेर उम्मेदवारहरुले योजनाहरु ल्याउनुपर्छ । त्यसमा बुद्धिजिवी वर्गले सोही अनुसारको सुझाव दिनसक्नुपर्छ, 'उनले भने, 'नगर र गाउँ कस्तो बनाउने भन्ने बारेको साझा अवधारणा बनाउँदा बुद्धिजिवी वर्गको महत्वपूर्ण भूमिका हुनसक्छ । अनुभव प्राप्त व्यक्तिहरुले स्थानीय तहको निर्वाचनमा रहेका उम्मेदवारहरुलाई विज्ञको रुपमा सहयोग गर्नसक्छन् । युवा, वृद्ध, महिला, शिक्षकहरुको समूह निर्माण गरी त्यसको निचोडलाई समावेश गर्दा उपयुक्त हुन देखिन्छ ।’
विगतको निर्वाचनको विषयमा हेर्दा कतिपय स्थानीय तहमा निर्वाचितहरूले जनताको मन जितेका भएपनि केही व्यक्तिगत सेवा सविधा भन्दा पर बसेर, सदैव जनताको हितका लागि काम गरेका उनले बताए । उपाध्यायले पछिल्लो समयमा निर्वाचन र राजनीतिक दलप्रति जनतामा वितृष्णा पैदा भएको महशुस हुनथालेको बताए । आम मतदाता मत हाल्नको लागि मात्र प्रयोग भएको पनि उदाहरणहरु हाम्रो समाजमा प्रशस्त भेटिने उनले बताए ।
‘मत केका लागि किन र कसरी हाल्ने भन्ने बारे उनीहरुमा ज्ञान नै छैन । विगतमा जनप्रतिनिधिहरु विकासभन्दा पनि ५ वर्षे जागीरको रूपमा मात्र लिएर अगाडि बढेका देख्न सकिन्छ । यसको सुधार जरुरी छ । मतदातालाई सचेत बनाउनु मुख्य दायित्व हो,' उपाध्यायले भने, ‘मत, मतदान र जनप्रतिनिधिका बारेमा विद्यालय शिक्षाको विषय बनाउनुपर्छ । कसैले मत दिनुपर्छ भनेको आधारमा मत दिनु, मत पत्र बदर हुनु अशिक्षा र चेतनाको अभावलाई प्रष्ट्याउँछ । यसलाई सुधार गर्न विद्यालय शिक्षाको माध्यमिक तहबाटै पाठ्यक्रममा समावेश गर्न जरुरी हुन्छ ।’
मतदाता शिक्षालाई विद्यालय स्तरमा लागू गर्दा जनप्रतिनिधिहरुको काम कर्तव्य र अधिकारप्रति आम मतदाताहरु जानकार हुनुको साथै सेवा प्रवाहमा पनि सहजता ल्याउन सकिने उनको विश्वास रहेको छ । यसले व्यवहारिकतामा पनि यसले सकारात्मक भूमिका खेल्ने उनले बताए ।