रुकुम पश्चिममा माओवादीद्धारा एमाले कार्यकर्ताको दाँतै झर्ने गरी कुटपिट

रुकुम पश्चिममा माओवादीद्धारा एमाले कार्यकर्ताको दाँतै झर्ने गरी कुटपिट

जाजरकोट : पश्चिम रुकुममा माओवादी कार्यकर्ताले एमालेका एक कार्यकर्तालाई दाँतै झर्ने गरी कुटपिट गरेका छन्। त्रिवेणी गाँउपालिका–८ का कृष्णबहादुर खडकालाई रक्ताम्य हुने गरी माओवादी कार्यकर्ताले कुटपिट गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी विष्णुप्रसाद सोतीले बताए।

माओवादीको युवा दस्ता वाइसिएल कार्यकर्ताको मुक्का प्रहारबाट घाइते खड्काको अगाडिको दाँतसमेत झरेको डिएसपी खड्काले बताए। घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ। 

बुधबार र बिहीबार सोही ठाँउमा वाइसिएलले कांग्रेस कार्यकर्ता कुटपिट गरेका थिए। कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप भएको थियो। माओवादीले नेपाली कांग्रेसका त्रिवेणी गाँउपालिकाका उम्मेदवार अमरसिंह खड्काको गाडी तोडफोड गरिदिएपछि झडप भएको हो।

त्रिवेणी–९ नुवाकोटस्थित प्रहरी चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुढा गरेका थिए। कांग्रेस कार्यकर्तालाई वाइसिएलले लखेटेपछि ज्यान जोगाउन चौकीभित्र छिरेका उनीहरुलाई वाइसिएल कार्यकर्ताले बाहिर निकाल्न भनेका थिए।

कांग्रेस कार्यकर्तालाई प्रहरीले संरक्षण गरेको भन्दै वाइसिएलले प्रहरी चौकी नै तोडफोड गरेका हुन्। कांग्रेसका १३ जना कार्यकर्ता मद्धतका लागि चौकीमा पुगेका थिए।

घटनास्थल सदरमुकाम खलंगा मुसिकोटबाट गाडीमा दुई तिन घण्टाको दूरीमा पर्छ। रुकुम पश्चिममा कांग्रेस र एमालेको तालमेल छ भने माओवादी एक्लै चुनावी मैदानमा उत्रिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.