गेरुवा–कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो
![गेरुवा–कर्णाली नदीमा बेपत्ता युवकको शव भेटियो](https://annapurnapost.prixacdn.net/media/albums/sab_20220507124625_iZ4RHlxgfx.jpg)
गुलरिया : कर्णाली नदीको शाखा गेरुवा–कर्णाली नदीमा बिहीबार पौडी खेल्ने क्रममा बेपत्ता भएका मधुवन नगरपालिका-३ धनौरा निवासी २४ वर्षीय दिलिप थारुको शव भेटिएको छ । तीन दिनदेखि नदीमै हराई रहेका थारुको शनिबार दिउँसो नुहाएको स्थानदेखि केही पर गेरुवा–कर्णाली पुल आसपासमा शव भेटिएको हो ।
नदीमा डुबेर बेपत्ता रहेका थारुको पानीमा उत्रिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । कुनैपनि जलचरले क्षति नपुर्याएको अवस्थामा शव भेटिएको छ । डुँगामार्फत सुरक्षाकर्मी, गोताखोरले बेपत्ता भएदेखि नै खोजी कार्य जारी राखेका थिए । थारुको शव पोष्टमार्टमको लागि बर्दिया अस्पताल गुलरिया पठाईएको डिएसपी सापकोटाले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)