गोसाइँकुण्डमा एमालेको घोषणापत्र : केबलकार निर्माणदेखि पाँच वर्षमा २ हजारलाई रोजगारसम्म

गोसाइँकुण्डमा एमालेको घोषणापत्र : केबलकार निर्माणदेखि पाँच वर्षमा २ हजारलाई रोजगारसम्म

रसुवा : नेकपा एमालेले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा गोसाइँकुण्ड केबलकार निर्माण तथा रोजगारीको अवसरलाई अघि सारेको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि धुन्चे गोसाइँकुण्ड केबलकार निर्माणको योजना प्राथमिकतामा राखिएको थियो। तर कोभिड–१९ लगायतका विभिन्न कारणले काम हुन नसकेको भन्दै पुनः यही एजेण्डालाई अघि सारिएको हो।
 

पालिकाको गौरव तथा महत्वको धुन्चे गोसाइँकुण्ड केबलकारको बाँकी काम सम्पन्न गर्ने घोषणापत्रमा उल्लेख छ। हाल निर्माणका लागि डिपिआर निर्माण तथा नीतिगत बाधा अप्ठ्यारो विषयगत समस्या समाधान एवम् व्यवस्थापकीय कार्यहरू सम्पन्न गराएकाले भौतिक संरचना मात्र निर्माण गर्न बाँकी रहेको हुँदा भौतिक संरचना निर्माण गर्ने उल्लेख गरेको हो।

पर्यटकीय क्षेत्रको रूपमा परिचित गोसाइँकुण्ड गाउँपालिकामा धुन्चेस्थित तामाङ संग्रालयको व्यवस्थापन, रेडपाण्डा पार्कको थप विकास र विस्तार, थुमन नागथली पदमार्ग निर्माण, तरुचेमा भ्यू टावर निर्माण, मिनि गोसाइँकुण्डको बृहतर विकास, गोसाइँकुण्ड पदमार्गका होटल तथा लजको व्यवस्थापन, तामाङ पदमार्गको व्यवस्थापन राखेको छ। यस्तै ५ वर्षको अवधिमा २ हजारलाई रोजगारी दिने, मानव वन्यजन्तु द्वन्द्वको व्यवस्थापन, संरक्षणका कार्यक्रम सञ्चालन, रसुवागढी नाकामा अवैध चोरी सिकार नियन्त्रणका लागि पहल गर्ने, सामाजिक सुरक्षा भत्तामा २० प्रतिशत वृद्धि गर्ने लगायतका कार्यक्रम घोषणा पत्रमा उल्लेख गरिएको छ। गाउँपालिकाको लिङलिङ र स्याफ्रुमा कागती हबको रूपमा विकास गर्ने, ब्राबल र नागुङमा स्याउ पकेट क्षेत्र निर्धारण गरी लेबलिङ र ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजार क्षेत्रमा पुर्याउने, एक घर एक करेसाबारी कार्यक्रम सञ्चालन गर्ने योजना राखेको देखिन्छ। 

विगतको इतिहास

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा गोसाइँकुण्ड गाउँपालिकामा एमालेले १७ सिट जितेको थियो। जसमा पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा ४, महिला सदस्यमा ४, दलित महिला सदस्यमा २ र सदस्यमा ५ सिट जितेको देखिन्छ। अध्यक्ष पदमा नेकपा एमालेको उम्मेदवार कैसाङ नुर्पू तामाङले  १८२८ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पेम्बा छिरिङ तामाङले १५०५ मत ल्याए। उपाध्यक्षमा नेकपा एमालेका कार ग्याल्मु श्रेष्ठले १७४० मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी  देकी तामाङले ११४९ मत ल्याइन्।
 
पालिकामा एमालेले अध्यक्ष पुरानै दोहोर्याएको छ भने उपाध्यक्षमा नयाँ उम्मेदवार उठाएको छ। यसपटक उपाध्यक्ष पदमा नेकपा एमाले रसुवाका पार्टी अध्यक्षको छोरी प्रतिमा लामाले टिकट पाएकी छिन्।

२०७४ सालमा भएको निर्वाचनमा यस पालिकामा अध्यक्ष, उपाध्यक्ष र ४ वटा वडामा वडाध्यक्ष एमालेले जितेकोमा २ वटा वडामा नेपाली कांग्रेसले वडाध्यक्ष पद जितेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.