प्रदेश-१ काे नाम किरात राख्न माग
धरान : किरात राई यायोख्या सुनसरीले प्रदेश एकको नाम किरात प्रदेश राख्न माग गरेको छ। किरात राईहरुको मूख्यपर्व साकेला पर्व उभौलीका अवसरमा शनिबार धरानमा गरिएको पत्रकार सम्मेलनमा उनीहरुले उक्त माग गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दैं किरात राई यायोख्या सुनसरीका अध्यक्ष राजेन्द्रकुमार राईले प्रदेश १ को नाम किरात राख्न माग गरेका हुन्। प्रदेश १ का १४ वटै जिल्लामा आदीवासि किरातीहरुको बसोवास रहेको र किरात प्रदेश जातिय नभएर ऐतिहासिक नाम भएकाले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन्।
किरात राई यायोख्याका सहसचिव रमेश राईले हिजो प्रदेश १ का बाइसेचौबिसे राज्य हुँदा पनि माझ किरात, पल्लो किरात राज्य रहेको स्मरण गर्दैं ऐतिहासिकताका आधारमा प्रदेश १ को नाम किरात राख्नुपर्ने बताए। उनले जेठ २ गते देखि सुरु हुने साकेला उभौली पर्वका प्रदेश १ का १४ वटै जिल्लामा किरात राज्य माग गर्दै १५ दिनसम्म डोल झ्याम्टा बजाएर साकेला नाच प्रर्दशन गर्ने बताए।
साकेलाको अवसरमा किरात राईहरुले समय साल राम्रो होस, अन्नबाली सप्रियोस, सह बसोस, र अनिकाल नलागोस, सबै जस्व प्राणिहरुमा सुःख शान्ति मिलोस भनि सिमेभुमे पूजागरी साकेला पर्व उभौली मनाउने गरिएको यायोख्याका सचिव नविन राईले बताए।