बागीले जित्ने जनकपुरधामको रेकर्ड ब्रेक गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

बागीले जित्ने जनकपुरधामको रेकर्ड ब्रेक गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

जनकपुरधाम : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनकपुरधाममा बागी उम्मेदवारले जित्ने रेकर्ड ब्रेक गर्नुपर्ने बताएका छन्। उनले जनकपुरधाममा सधैंदेखि नेपाली कांग्रेसको वागी उम्मेदवारले निर्वाचनमा विजयी हुँदै आएकोले यस पटकको चुनावमा त्यसको रेकर्ड ब्रेक गर्नुपर्ने बताएका हुन्।  

जनकपुरधाममा शनिबार सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोल्दै वरिष्ठ नेता पौडेलले भने, ‘यस पटक सबैजना मिलेर जनकपुरधामको रेकर्ड तोड्नुपर्छ। जनकपुरधाममा बागीले जित्ने रेकर्ड छ, यस पटक हामी सबै मिलेर यसलाई तोड्नुपर्छ। यहाँ बेला बेलामा बागी उम्मेदवारले जितेका छन् र त्यसको परिणाम पनि देख्यो। जनकपुरधामको के–के बेहाल भयो। अब जनकपुरधामको हाल बेहाल हुन दिनु हुँदैन।’

उनले जनकपुरधाम शान्ति र क्रान्तिको भूमि रहेको बताउँदै जनकपुरको विकास गुरु योजना बनाएर गरिनुपर्ने बताए। उनले भने, ‘कोशी, कमला, मरिन डाईभर्सन, हुलाकी राजमार्गबाट मधेशको विकास गर्न सकिन्छ, तर यसका लागि गठबन्धनको उम्मेदवारलाई जित्नुपर्छ। गठबन्धन सबै दलको लागि अहिले छाता छाप साझा हो त्यसैले सबैले छातामा भोट हालौं।’

जनकपुरधामलाई अब व्यवस्थित र सुन्दर बनाएर सारा हिन्दुहरु, विश्वका पर्यटकहरु आउने खालको विकास गर्नुपर्ने उनले बताए। सत्ता गठबन्धनका उम्मेदवारका लागि मत माग्न आएका उनले जनकपुरधामको अस्तव्यस्ततालाई चिर्न गठबन्धनको उम्मेदवारलाई नै भोट दिन नेताकार्यकर्तालाई आग्रह गरे।

यस पटक नेपाली कांग्रेसबाट बागी भएर मनोज साहले मेयर र निर्मल चौधरीले उपमेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यसअघि २०४९ तथा २०५४ को निर्वाचनमा समेत जनकपुरधाम कांग्रेसका बागी उम्मेदवारले जित हासिल गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.