जनकनन्दिनी गाउँपालिकाका निवर्तमान अध्यक्षको निधन
जनकपुरधाम : पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिकाका निवर्तमान गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेखको निधन भएको छ। विगत लामो समयदेखि क्यान्सरबाट पीडित रहेका शेखको शनिबार बेलुकी ८:३० बजे मृत्यु भएको परिवारजनले जनाएको छ।
नेपाली कांग्रेस पार्टीबाट वि.सं. २०७४ सालको स्थानीय तहको निर्वाचनमा भारी मतले निर्वाचित भएका शेख आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गर्ने जनप्रतिनीधिमध्ये एक थिए।
जननन्दिनी गाउँपालिकामा जनप्रतिनिधिहरुमध्ये नेतृत्वकर्ताको भूमिकामा सदैव देखिएका शेखको साँझ मृत्यु भएपछि सिंगो टोल शोकमा डुबेको छ।
शेखको आइतबार बिहान इस्लाम धर्मालम्बीहरुको रीतिरिवाजअनुसार अन्तिम संस्कार गरिने जनाइएको छ।