रसुवाको लाङटाङमा मतदान अधिकृतको टोली प्रस्थान

रसुवाको लाङटाङमा मतदान अधिकृतको टोली प्रस्थान

रसुवा : शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदान अधिकृतको टोली आइतबार लाङटाङ प्रस्थान गरेका छन् । लाङटाङ क्षेत्रमा मतदान गराउनका लागि हिँडेर जानुपर्ने भएकाले टोली आइतबार बिहानै प्रस्थान गरेको हो । गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ । 

मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकरप्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ । टोली सोमबार मतदान केन्द्रमा पुग्नेछन् । 

यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । ५ सय भन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो । मतदानसम्बन्धी आवश्यक ज्ञान तथा सिप प्रदान गर्नका लागि जिल्लाको नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार नै तालिम प्रदान गरिएको छ । बाँकी मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार तालिम प्रदान गरिने छ ।

जिल्लाको मतदान केन्द्रहरूमा २ सय ५५ कर्मचारी खटाइने छ । जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ । यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ । 

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदान स्थल र ११ वटा मतदान केन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र ९ वटा मतदान केन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको छ । 

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.