नवलपरासीमा कतै दुई, कतै त्रिपक्षीय प्रतिस्पर्धा

नवलपरासीमा कतै दुई, कतै त्रिपक्षीय प्रतिस्पर्धा

परासी : पश्चिम नवलपरासीका ७ स्थानीय तहमा कतै दुई पक्षीय त कतै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। प्रमुख र उपप्रमुख एकै दलको आउने संभावना कम देखिएको छ। 

जिल्लाकै पुरानो नगरपालिका रहेको सदरमुकाम परासीस्थित रामग्राम नगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यहाँ नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच प्रतिस्पर्धा हुने देखिएको हो। जसपाले माओवादी केन्द्रसँग गठबन्धन गरेको छ। यी तीनदलबीच प्रमुख पदमा प्रतिस्पर्धा देखिएको हो। उपप्रमुखमा नेपाली कांग्रेस र एमालेसँगै राप्रपाका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्। रामग्राम नगरपालिकामा यसअघिको चुनावमा नेपाली कांग्रेसले प्रमुख/उपप्रमुख जितेको थियो।

त्यस्तै सुनवल नगरपालिकामा नेपाली कांग्रेस/माओवादी केन्द्रको गठबन्धन र एमालेबीच नै प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ। यसअघि यहाँ कांग्रेसले प्रमुख र एमालेले उपप्रमुख जितेको थियो।

 
बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र एमाले/राष्ट्रिय जनमुक्ति पार्टीको गठबन्धनबीच प्रतिस्पर्धा छ। यसअघि यहाँ प्रमुख/उपप्रमुखमा एमालेले जितेको थियो। सरावल गाउँपालिकामा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। सरावलमा यसअघि यहाँ तत्कालीन फोरम लोकतान्त्रिक (पछि कांग्रेसमा समाहित) ले अध्यक्ष र कांग्रेसले उपाध्यक्षमा जितेको थियो। पाल्हीनन्दन गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिएको छ।

यसअघि यहाँ माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष जितेको थियो। त्यस्तै सुस्ता गाउँपालिकामा कांग्रेस र एमाले नै प्रमुख प्रतिस्पर्धामा छन्। यसअघि एमालेले अध्यक्ष र उपाध्यक्ष जितेको थियो।

प्रतापपुर गाउँपालिकामा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा देखिएको छ। यसअघि यहाँ नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.