मटिहानीलाई रुपान्तरण गर्ने मसँग भिजन र सोच छ : मण्डल [अन्तर्वार्ता]

मटिहानीलाई रुपान्तरण गर्ने मसँग भिजन र सोच छ  : मण्डल [अन्तर्वार्ता]

महोत्तरी : स्थानीय तह निर्वाचनको लागि देशका ७५३ वटैं पालिका चुनावमय बनेका छन्। हरेक उम्मेदवारहरु मतदातालाई आफूतर्फ आकर्षितगरी मत तान्नमा अहिले व्यस्त रहेका छन्। यस्तै मत माग्नका लागि व्यस्त रहेका महोत्तरी मटिहानी नगरपालिकाका निर्वतमान मेयर तथा लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट मेयरका उम्मेदवार रहेका हरिप्रसाद मण्डलसँग अन्नपूर्णकर्मी धनवीर महतोले गरिएको कुराकानीको सम्पादित अंश :  


बैशाख ३० गते स्थानीय तहको निर्वाचन भईरहेको छ। तपाईंपनि मेयर पदमा उम्मेदवार दिई चुनावी मैदानमा उत्रिनुभएको छ। पछिल्लो समय दिनचर्या कसरी बित्दैछन्?

- स्थानीय तहको निर्वाचन लागि एक हप्ताभन्दा कम समय रहेको छ। म आफ्नो प्यानलको उम्मेदवारहरुको साथमा हरेक समय मतदातासँग बिताउँदैछु। स्थानीय तहको चुनावको घोषणा भएलगतै अन्य पालिका झै मटिहानी पनि चुनावमय बनेको छ। यहाँका उम्मेदवारहरु स्वतःस्फूर्तरुपमा मत माग्नमा व्यस्त छन्। म अहिले टोलटोलमा गई आममतदातासँग भेटघाट गर्दै उनीहरुसँग सामूहिक छलफल गर्दै आएको छु। यस चुनावलाई पनि आफ्नै पक्षमा पार्नका लागि मेरो प्यानल व्यस्त छन्। मैले आमनागरिकसँग पछिल्लो घटनाक्रमलाई मनन गर्दै अगामी यात्राको सम्बन्धमा विचार विमर्शगरी समय बिताईरहेको छु। समग्रमा भन्नुपर्दा म मटिहानीवासीसँग राय सल्लाह लिनुको साथै आममतदातासँग मत माग्नमै व्यस्त छु भन्नुपर्ला।

५ वर्षपछि पुनः मत माग्नका लागि जनतासमक्ष पुग्नुभएको छ। जनताले के–कस्ता प्रतिक्रिया दिईरहेका छन्?

- म सर्वप्रथम मटिहानीवासीलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। उहाँहरुको आर्शिवादले म यसपालिकाको नगरप्रमुख भई ५ वर्षे कार्यकाल बिताएको छु। स्थानियतह जनप्रतिनिधीविहीन भएको समयमा कर्मचारीहरुवाट आजित भएका स्थानिवासी अहिले परिवर्तनको महसुस गदैछन्। जनताहरुले मलाई मटिहानी नगरपालिका संचालनको लागि जुन अधिकार प्रदान गर्नुभयो त्यसप्रति उनीहरुलाई रक्त्तिभर पनि पछुतो छैन। उहाँहरुको सहयोग र विश्वासले म आफनो सफल कार्यकाल बिताएको छु्। म त्यसको लागि उहाँहरुप्रति म कृतज्ञता अर्पण गर्दछु। कार्यकाल बिताएर पुनः आमनागरिकसमक्ष जाँदा उनीहरु प्रायः नगरपालिकाको सम्बन्धमा चर्चा परिचर्चा गर्दै आएका छन्। उनीहरु यसअवधिमा भएको कामकारवाहीको सम्बन्धमा अन्तर्हृदयदेखि मेरो कार्यको प्रसंशा गर्दै धन्यवाद दिईरहेका छन्। कहिकतै मेरोप्रति जनगुनासो छैन। 

अहिले अनेकौ उम्मेदवारहरु मटिहानीको बागडोर सम्हाल्नका लागि चुनावी मैदानमा उत्रिएका छन्। हरि मण्डललाई नै मत दिनुपर्ने त्यस्तो कारण के छ?

- नेपालमा कुनैपनि व्यक्तिलाई योग्यताअनुसारको पदमा उम्मेदवार दिनका लागि स्वतन्त्रता प्राप्त भएको छ। यो नै गणतन्त्र, लोकतन्त्रको ठूलो उपलब्धि रहेको छ। म पछिल्लो समयमा गरेको कार्यहरुप्रति नागरिकहरु सन्तुष्ट रहेका छन्। उनीहरु मेरो कार्यप्रति कतैपनि गुनासो छैन। म नि:स्वार्थरुपमा यस पालिकाको चौतर्फी विकासका लागि तत्पर रहेको छु। म नगर विकासको सवालमा हरेक क्षेत्रमा काम गरेकोले मेरो कामको मुल्यांकन अहिले जनताले गर्दै आएको छ। मेरो कामको मुल्यांकन गर्दै जनताले मलाई अवश्य नै मत दिनेछ। म विश्वस्त छु। 

यसपटक तपाईको मुख्य मुख्य चुनावी एजेण्डाहरु के के रहेका छन् ?

- म सर्वप्रथम आफ्नो पहिलो कार्यकालमा अधुरा रहेको कामकाजलाई पुरा गर्नेछु। त्यस्तै कृषिमा आमुल्य परिवर्तन, मटिहानीको शिक्षालाई अन्तर्राष्ट्रिय मोडलेकोरुपमा प्रारुप गरिने, पालिकाभरिका हरेक स्थानलाई सौन्दर्यीकरण गर्नुको साथै ढल नाला निकासको व्यवस्थापन गर्नेछु्। अझ एक स्थानमा एउटा अस्पताल बनाउनेछु।

हरेक सडकलाई प्रदेश र संघिय सरकारको सहयोगमा दुई लेन, चारलेनको बनाउनेछु। सडकमा अटोमेटिक बत्ती जडान गर्नुको साथै जनकपुर अञ्चलकै पुरानो बजार मटिहानी बजारलाई आधुनिकतासँग जोडेर विकसित गरिनेछु। मसँग भिजन छ, सोच छ अनि मनमा आँट छ। म गन्तव्यमा पुग्नेछु् मसँग आत्मविश्वास छ। म आफनो भिजनभन्दा जनताको भिजन, आवश्यकता अनुसारको विकासको कामलाई पहिलो प्राथमिकतामा राखि मटिहानीमा विकास लहर ल्याउनेछु। यसभन्दा अगाडिको कार्यकालमा पनि जनअपेक्षा अनुसार विवादरहित ढंगले कार्यसम्पादन गर्दै आएको थियो। जसअन्तर्गत हरेकवर्ष असार १० गतेभित्र बजेट निर्माणगरी योजना बनाई नगरविकास निर्माणको कामकाज गर्दै आएको थियो। 

यहाँले पहिलो कार्यकाल बिताउनुभएको छ। अर्को कार्यकालमा मटिहानीको पहिचानलाई कुन रुपले दिन चाहनुहुन्छ?

- मेरो पालिकामा रहेको हरेक गाँउको आआफनै पहिचान रहेको छ। ऐतिहासिक, धार्मिक, पौराणिक धरोहरहरु यहाँ अनेकौ स्थापित रहेको छ। यहाँ नेपालकै सबैभन्दा पुरानो संस्कृत विद्यालय, प्रसिद्ध लक्ष्मीनारायण मठ, अञ्चलकै पुरानो मटिहानी बजार, मजार रहेको छ। म अबयस पालिकालाई धार्मिक एवम् पौराणिक तथा शैक्षिक हवको दृष्टिकोणले पहिचान गराउनेछु। यहाँ देशका राष्ट्रप्रमुखलगायतका अन्य उच्च तहतप्कामा रहेका प्रतिनिधि एवम् पदाधिकारीहरु मधेस प्रदेशमा आउँदा एकपटक यहाँ अवश्य भ्रमणमा आएको हुन्छ। जुन मटिहानीलगायत महोत्तरीवासीको लागि गौरवको विषय बन्दै गएको छ। म चाहन्छु यसलाई अझ देशव्यापी नभई विश्वस्तरमा मटिहानी चर्चाको विषय बनोस्।

अन्त्यमा के भन्नुहुन्छ?

- अहिले चुनावको समयमा सबैले आआफ्नो तरिकाले मत मागिरहेका छन्। उनीहरु चुनावी एजेण्डासहितको विकासको रणनीतिसहितको अवधारणा प्रस्तुत गर्दैछन्। सबैले मतदातालाई आकर्षित पार्ने किसिमले मत मागिरहेका छन्।

म मटिहानीवासीलाई पुनः आग्रह गर्न चाहन्छु अधुरा काम गर्न र मटिहानीलाई अझ विकसित गर्नका लागि मलाई अवसर प्रदान गरियोस्। मेरो प्यानललाई विजयी गराई मटिहानी विकासको लागि मौका प्रदान गरिदिनका लागि मटिहानीवासीमा पुनः आग्रह गर्न चाहन्छु। म यहाँहरुको आशालाई पुरा गर्नका लागि अझ मेहनेत गरी विकासपथमा आफूलाई उभाउन चाहन्छु। विश्वास गर्नुस् अनि मलाई मत दिएर एक पटक पुनः मटिहानी विकासको लागि मलाई अवसर प्रदान गर्नुस्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.