औरहीमा माओवादी केन्द्र र समाजवादीबीच तालमेल
जनकपुरधाम : औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीबीच चुनावी तालमेल भएको छ। धनुषाको औरही गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको जिल्लास्तरीय नेतृत्वबीच संयुक्त रुपमा चुनावी तालमेल गर्ने सहमति भएको हो।
आसन्न स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अध्यक्षसहित १, ३, ५, ६ वडाध्यक्ष र सम्पूर्ण सदस्य र नेकपा (एकीकृत समाजवादी) लाई गाउँपालिका उपाध्यक्षसहित २ र ४ नम्बरको वडा अध्यक्षमा दिने सहमति भएको जनाएको छ। जिल्लास्तरीय निर्णयलाई पालिकास्तरीय नेता कार्यकर्ता निर्देशन पालना गर्नसमेत निर्देशन दिएको माओवादी जिल्ला अध्यक्ष दीपक यादव र एकीकृत समाजवादी अध्यक्ष रामचन्द्र पण्डितद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
गठबन्धनको रोहबरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रमेशरञ्जन झा मधेस प्रदेश सदस्य राजकुमार मण्डल त्यसैगरी माओवादी केन्द्रबाट वाईसिएलका मधेश प्रदेश संयोजक अनिल पासमान र महेशराम ठाकुरले विज्ञप्तिमा उल्लेख छ।