प्रचण्ड र नेपालले ओलीको मृत्युमा जीवन देखे  : नेता भट्ट

प्रचण्ड र नेपालले ओलीको मृत्युमा जीवन देखे  : नेता भट्ट

जोरायल (डोटी) : नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टले प्रचण्ड र नेपालले केपी ओली शर्माको मृत्युमा आफ्नो जीवन देखेको आरोप लगाएका छन्। डोटीको जोरायल गाउँपालिकामा चुनावी सभालाई सम्बोधन गर्दै नेता भट्टले आफूले केपी ओलीको जीवनमा आफ्नो जीवन देखेको तर प्रचण्ड र नेपालले ओलीको मृत्युमा आफ्नो जीवन देखेको भन्दै टिप्पणी गरे।

'नेकपा माओवादी केन्द्र र नेकपा एमालेको एकीकरणपछि हामीले बाम एकताको सपना देख्यौं, दुई नेताले बामपन्थी आन्दोलन हाक्छन् भन्ने सोच्यौं, हामीले केपी ओलीको जीवनमा आफ्नो जीवन देख्यौं तर प्रचण्ड र नेपालले ओलीको मृत्युमा आफ्नो जीवन देखेछन,' उनले भने,'प्रचण्ड र नेपालले एउटा पार्टीलाई तीन टुक्रा पारे ।'

अहिले प्रचण्डले नकपा एमाललाई सबैभन्दा ठू्लो वर्गशत्रु ठानिरहेको बताए । ‘जसले प्रचण्डको ५० लाख टाउकोको मुल्य तोक्यो, त्यो अहिले उहाँको मित्रशक्ति भएको छ, तर आफैले एकता गरेको पार्टी ठूलो वर्गशत्रु देख्नुभयो,' नेता भट्टले भने, 'प्रचण्ड र नेपालको एक मात्र चाहना नेकपा हराउ भन्ने हो ।'

नेता भट्टले गठबन्धनलाई स्यालहरुको झुण्ड भएको संज्ञा दिए । ‘स्यालहरु समूहमा हुन्छन, कराई मात्र रहन्छन् तर बाघ एक्लै हिँड्छ शिकार गर्छ । नेकपा एमाले बाघ हो, एक्लै हिँड्छ, चुनाव जित्छ,' उनले भने । जोरायल डोटीको दुर्गम गाउँपालिका हो । त्यहाँ नेकपा एमाले  र नेपाली कांग्रेस एक्ला एक्लै चुनावमा होमिएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीचमा चुनावी तालमेल भएको छ । त्यो क्षेत्र मन्त्री प्रेम आलेमगरको पनि क्षेत्र हो ।

कार्यक्रममा नेकपा एमाले पोलिटब्युरो सदस्य तथा डोटी जिल्ला ईञ्चार्ज गौरी ओली, केन्द्रीय सल्लाहकार परिषद सदस्य डिल्लीराज भट्ट र नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकलगायतले सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.