बेनीमा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

बेनीमा एमाले र गठबन्धनबीच प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

बेनी : म्याग्दीको बेनी नगरपालिकाको स्थानीय तह चुनावमा नेकपा एमाले र नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)का उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ । १० वटा वडा रहेको बेनीको ५२ पदका लागि १५६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २४ हजार ७११ जना मतदाता रहेको बेनी नगरपालिकामा १७ मतदान स्थल र २८ वटा मतदान केन्द्र छन् । 

मेयरमा ६, उपमेयरमा ५, वडा अध्यक्षमा ३१, खुल्ला वडा सदस्यमा ६५, महिला सदस्यमा २७ र दलित महिला सदस्यमा २२ जना उम्मेदवार रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कांग्रेस र माओवादीले मेयर उपमेयर सहित २, ६, ७, ८ र ९ नम्बर वडामा तालमेल गरेका छन् । 

वडा अध्यक्ष जुन पार्टीका उम्मेदवार छन सदस्यहरु पनि सोही पार्टीको चिन्ह लिएर चुनावमा उत्रिएका छन् । गत चुनावमा तालमेल गरेका एमाले र राप्रपा यसपाली एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नगर प्रमुखमा एमालेका सुरत केसी, नेपाली कांग्रेसका चिरञ्जिवी शर्मा, राप्रपाकी मिनाकुमारी शर्मा, नेशनल मंगोल अर्गनाइजेशनका नरबहादुर थापामगर, राष्ट्रिय जनमोर्चाका टिकाप्रसाद रानामगर र स्वतन्त्र उम्मेदवार धनबहादुर श्रीस उम्मेदवार छन् ।  

उपप्रमुखमा एमालेकी पशुपति शाही, नेकपा माओवादी केन्द्रका ज्योती लामिछाने पौडेल, राप्रपाका एकेन्द्रबहादुर रावल, राष्ट्रिय जनमोर्चाका भोमकुमारी कार्की र नेशनल मंगोल अर्गनाइजेशनका विवा आले प्रतिस्पर्धामा छन् ।  नेकपा एमालेका जिल्ला सचिव समेत रहेका मेयरका उम्मेदवार केसी यातायात व्यवसायी, निजी विद्यालय सञ्चालक, रेडक्रसमा आवद्ध छन् । म्याग्दी बहुमुखी क्याम्पसमा करिब बीस वर्ष अध्यापन गरेका कानुन व्वसायी रहेका शर्मा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । नाताले केसी र शर्मा मामा भान्जा हुन् ।   

बेनपा ६ निवासी एमालेकी उप्रमुखकी उम्मेदवार शाही अनेमसंघको जिल्ला उपाध्यक्ष हुन् । बेनपा ६ कै स्थायी बासिन्दा माओवादी केन्द्रकी उम्मेदवार पौडेल माओवादीकी प्रदेश कमिटी सदस्य, अनेमसंघ क्रान्तिकारीको केन्द्रीय सदस्य र जिल्ला अध्यक्ष हुन्। राप्रपाका उम्मेदवार रावल राप्रपाका गण्डकी प्रदेश सदस्य हुन् ।  सवैजसो उम्मेदवारहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य, आयआर्जन, पर्यटन, सामाजिक रुपान्तरणका मुद्दालाई प्राथमिकता दिएका छन् ।  

गत चुनावमा कांग्रेसका मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले ५६७९ मत ल्याएर बिजयी हुँदा वडा अध्यक्षका उम्मेदवारहरुले चार हजार ५५६ मत ल्याएका थिए । एमालेका प्रमोद श्रेष्ठले मेयरमा ५६३४ मत ल्याउँदा वडा अध्यक्षका उम्मेदवारहरुले कुल ५३९३ मत ल्याएका थिए । 

मेयरका स्वतन्त्र उम्मेदवार पृथीप्रसाद पुनले २६६ मत ल्याएका थिए । एमालेसँग तालमेल गरेका राप्रपाका सञ्जु बरुवालले ३९९५ मत ल्याएर बिजयी हुँदा १ नम्बर वडामा राप्रपाका वडा अध्यक्षका उम्मेदवारले २२२ मत ल्याएका थिए । कांग्रेससँग तालमेल गरेका माओवादीका ज्योति लामिछाने पौडेलले उपमेयरमा ३९६१ मत पाउँदा हाल माओवादीमा रहेका स्वतन्त्र उम्मेदवार सहित माओवादीका वडा अध्यक्षका उम्मेदवारहरुले १७४२ मत ल्याएका थिए । एमालेले आफ्नो बलियो संगठन र लोकप्रिय उम्मेदवारलाई जितको आधार भएको दावी गरेका छन् । 

कांग्रेसले विगतको तुलनामा संगठन सुधारेर एमालेकै हाराहारीमा बनाएको, माओवादीसँग तालमेल गरेको र पाका उम्मेदवार बनाएकाले जित्ने दावी गरेका छन् । माओवादीले पुराना माओवादी घटकहरु एकिकृत भएका, संगठन सुदृढ भएको, उम्मेदवार लोकप्रिय भएका र तालमेललाई जितको आधार मानेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.