मतदातालाई धार्मिक पुस्तकको कसम खुवाई मत माग्ने गरेको आरोप

मतदातालाई धार्मिक पुस्तकको कसम खुवाई मत माग्ने गरेको आरोप

मुगु : जिल्लाका चार स्थानीय तह मध्ये पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाँउपालिकामा बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा भाग लिएका दलका उम्मेदवारहरुले आफ्नो पक्षमा मत माग्नका लागि मतदाताहरुलाई धार्मिक पुस्तक शिरमा राखि कसम खुवाएर मत माग्ने गरेको आरोप लागेको छ।

मुगुम कार्मारोङ गाँउपालिका ९ वडा मध्ये ८ वडामा लामा समुदायको बसोबास रहेको छ भने वडा नम्बर ९ मा क्षेत्री समुदायको बसोबास रहेको छ। लामा समुदाय बसोबास रहेको सबै गाँउमा निर्वाचनमा भाग लिएका उम्मेदवारहरुले मतदातालाई आफ्नो पक्षमा मत माग्न धार्मिक पुस्तकलाई साक्षी राखेर अन्य ब्यक्तीलाई मत नदिन दबाव दिने गरेको  मुगुम कार्मारोङ्—८ का स्थानीय शेरबहादुर लामाले बताए।

मतदाताहरुलाई धार्मिक पुस्तक शिरमा राखेर आफूहरुले मत नमागेको तर नेपाली कांग्रेसका गाँउपालिका उध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाको नेतृत्वको टिमले यस्ता गतिविधि अगाडि बढाएको मुगुम कार्मारोङ गाँउपालिका नेकपा एमालेका उध्यक्ष उम्मेदवार सोनाम लामाले आरोप लगाए।

मतदातालाई त्रास देखाएर धार्मिक पुस्तक शिरमा राख्न लगाई मत माग्ने गरेको आरोप झुटा भएको र विपक्षीहरुले लगाएको आरोप मात्र हुँदा यस्तो कार्य स्वयं नेकपा एमालेले गरेको कांग्रेसका अध्यक्ष उम्मेदवार छिरिङ क्याप्ने लामाले बताए।

आचारसंहिता विपरितका गतिविधी भएको मुख्य निर्वाचन कार्यलयमा कुनै जानकारी नआएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी प्रकास थापाले बताए।

मुगुम कार्मारोङ गाँउपालिकामा स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीले गठबन्धन गरेका छन्। एमालेले एक्लै निर्वाचनमा भाग लिएको छ। एकीकृत समाजवादीले भने एकल उम्मेदवारी दर्ता गराएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.