‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’ सार्वजनिक

‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’ सार्वजनिक

जनकपुरधाम : वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडी ‘भ्रमर’द्वारा लिखित मैथिली भाषाको ‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’ पुस्तक सार्वजनिक गरिएको छ। मैथिली र नेपाली भाषाका चर्चित साहित्यकार ‘भ्रमर’ को ५० औं कृतिकोरुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले कृति लोकार्पण गरेका हुन्।

 
कुलपति उप्रेतीले पुस्तक लोकर्पण समारोहलाई सम्बोधन गर्दै मैथिली पुस्तक राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्वको कृति भएको बताए। उनले भने, ‘मैथिली स्वयंमा बहुभाषिय, बहुद्धेशीय भाषा हो। नेपाल, भारत र अन्य देशमा मातृभाषा र अन्य देशमा पनि बोलिन्छ। ‘मिथिलाक लोकजीवन : लोक सन्दर्भ’  मिथिलाको लोकजीवन र भाकालाई यसले समेटने समेटछ।’ 

मैथिली साहित्य नेपाल र भारत साहित्यिक इतिहासको महत्वपूर्ण अंग भएको बताउँदै मल्लकालमा राजभाषाको रुपमा चलनमा रहेको मैथिली बीचका केही वर्ष राजनीतिक कारणले ओझेलमा परे पनि अहिले पुन : उजागर हुन भएको बताए।

उनले भने, ‘मैथिलीको आफ्नै लिपि, भाषा र लोकभाकाले यसलाई अझ सशक्त र जिवन्त तुल्याउँछ। प्रकाशक अमेरिकास्थित मिथिला सेन्टर हो। यस अर्थमा यो पुस्तक अन्तराष्ट्रिय महत्वको गरिमा हुनेछ।’

‘उनले नेपाल र भारतको ईतिहास, भूगोल र प्राचिनतम विषय मैथिली बिना अधुरो साहित्यिक इतिहास पूरा हुन सक्दैन। त्यसैले मैथिली साहित्यको इतिहास खोज्दै जाँदा यो अत्यन्त प्राचिन तथा सम्मुनत देखिन्छ’ उप्रेतीले भने। 

लोकार्पण कार्यक्रममा साहित्य भारतका समीक्षकहरु डा. भीमनाथ झा, डा. रमानन्द झा रमण, चन्द्रेशसँगै डा. रेवतीरमण लाल, डा. भोगेन्द्र झा, नित्यानन्द मण्डल, कोलकताका साहित्यकार अशोक कुमार झा, राजविराजकी करुणा झा, बिराटनगरका प्रविण नारायण चौधरीसँगै मिथिला सेन्टर अमेरिकाका नवल यादव लगायतले पुस्तक तथा लेखक रामभरोस कापडी ’भ्रमर’बारे बोलेका थिए।

मिथिला सेन्टर, अमेरिकाद्वारा प्रकाशित २ सय ८४ पृष्ठको यस पुस्तकमा मैथिली भाषा, साहित्य, कला, संस्कृति, इतिहास र भूगोल विषयक खोजपूर्ण लेख, निबन्ध आदि प्रकाशित छन्। साहित्य समीक्षक डा. रमानन्द झा रमणले भ्रमरको पुस्तक पढेपछि नेपालको पछिल्लो ५० वर्षको इतिहास बुझ्न सजिलो भएको बताएका थिए। ‘साहित्य समाजको ऐना हो भनिन्छ। भ्रमरद्वारा लिखित मिथिलाक लोकजीवन : लोक सन्दर्भ पुस्तक पढ्दा नेपालको ५० वर्षमा घटित राजनीतिक, सामाजिक तथा सांस्कृतिक घटनाहरु बुझन सजिलो भयो,’ डा. रमणले बताए।

साहित्यिक यात्रामा ५० पुस्तक लेख्न भ्याएकोमा उनले खुसी व्यक्त गरेका थिए। साथै यस पुस्तकले आफूलाई खुसी बनाएको र ऊर्जा प्रदान गरेको प्रतिक्रिया दिए। यससँगै ५० वर्षीय भ्रमरका ५० कृति प्रकाशित भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.