प्रचण्डले बागीलाई भोट मागेपछि देउवाले भने - 'बागी जति सबै उम्मेदवारी फिर्ता लिनुहोस्, नत्र कारबाही हुन्छ'

प्रचण्डले बागीलाई भोट मागेपछि देउवाले भने - 'बागी जति सबै उम्मेदवारी फिर्ता लिनुहोस्, नत्र कारबाही हुन्छ'

धनगढी : कैलालीको कैलारी गाउँपालिका पुगेर गठबन्धनको निर्णय विपरित बागी उम्मेदवारका लागि प्रचण्डले भोट मागेको केही घण्टामै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' ले बागी उम्मेदवारलाई भोट माग्दै गठबन्धन 'क्लियर' नभएको अभिव्यक्ति दिएका थिए। कैलालीमा कैलाली र जोशीपुरमा नेपाली कांग्रेसका बागी उम्मेदवारले गठबन्धनको निर्णय विपरित कार्य गरेको भन्दै देउवाले आजै उम्मेदवारी फिर्ता लिएको विज्ञप्ति जारी गर्न निर्देशन दिए ।

मनोनयनको समय घर्किरहेका बेला गठबन्धनमा सहमति नमिलेपछि कैलारी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस दुबै पार्टीले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । मनोनयन पछि कैलारी गाउँपालिमा अध्यक्ष माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसका भागमा परेको थियो ।

तर, नेपाली कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी दिएका राम समझ चौधरी र नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारुले भने उमेदवारी फिर्ता गरेका छैनन् । अध्यक्षमा कांग्रेसले राम समझलाई फिर्ता नगराएको भन्दै प्रचण्डले सोमबार बिहान कैलारी गाउँपालिकामा नै पुगेर लक्ष्मी सत्गौवा थारुका लागि भोट भागेका थिए ।

त्यसको केही घण्टापछि धनगढीमा गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दुबै पालिकामा बागी उम्मेदवारी दिएकाहरुलाई आजै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका हुन् । ‘पार्टीले आधिकारिक भनेर तोकेका उम्मेदवारले आजै फिर्ता लिनुहोस्, विज्ञप्ति निकालेर गठबन्धनको उम्मेदवारलाई समर्थन गर्नुहोस्, हामी बागीकै कारण यसअघि पनि हारेका हौं, हैन भने बागीलाई कडा कारबाही गरिन्छ,' देउवाले भने । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.