हेयर स्टाइलिस्ट राईको अभिनय मोह
काठमाडौं : गायिका मिलन नेवारको स्वर रहेको ‘हाँस तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीता गिरीको शब्द रहेको गीतमा विक्रम थापाको संगीत छ भने गीतमा विसन मानन्धरले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा सिर्जना निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ। हेयर स्टाइलिस्टसमेत रहेका राई अभिनयमा विशेष रुची राख्छन्। मोरङका राई ६ वर्षदेखि बेलायतमा बस्दै आएका छन्।
मोडल सिर्जना निङ्लेखुले यसअघि ‘फूलहरू मगमग’, ’तिम्रो छातीभित्र मुटु चल्छ मेरो’लगायतका आधा दर्जन भिडियोमा अभिनय गरिसकेकी छन्।
रेडियो, टेलिभिजन कार्यक्रम प्रस्तोताका रुपमा लामो अनुभव बटुलिसकेकी सिर्जनाले थ्रिएटर, रंगमञ्च, भ्लग हुँदै व्यवसायसम्मको अनुभव संगालीसकेकी छन्। आफ्नो पछिल्लो कामको नजिता देखेर उनी निकै खुसी छिन्।
गीतकार गिरीले यसअघि थुप्रै गीत लेखिसकेका छन्। एलिना चौहानको स्वर रहेको ‘हेरुँ हेरुँ लाग्छ’, रामकृष्ण ढकालको ‘ए पहरी फूल’ बजारमा आइसेको छ। जुन गीतले राम्रो चर्चा बटुल्न सफल भएको छ। बेलायतका रमणीय स्थानहरूमा छायांकन गरिएको भिडियोको निर्देशन कुशल श्रेष्ठले गरेका हुन्। भिडियोमा निर्देशक कुशलकै सम्पादन र छायांकन छ। प्रवासबाट सर्वाधिक धेरै र स्तरीय भिडियो निर्माण गर्ने निर्देशकको परिचय बनाएका कुशलले अन्य थुप्रै समुदायका भिडियो एवं चलचित्रसमेत छायांकन गरेका छन्।