महोत्तरीमा शिक्षित युवाहरु राजनीतिमा

महोत्तरीमा शिक्षित युवाहरु राजनीतिमा

महोत्तरी : राजनीतिमा बेलाबखत पढाईलेखाईको हुने गर्छ। पढाईलेखाईकै कारण कतिपय नेता तथा कार्यकर्ताहरु आलोचितसमेत हुँदै गएको पाइन्छ। नेताहरुको पढाईलेखाईको सवालमा प्रायः प्रोपोगोण्डाले व्यापक चर्चाको विषय बन्दै गएको पाईएको छ। यसैक्रममा पछिल्लो समयमा हुने स्थानीयतहको निर्वाचनको क्रममा उच्च शिक्षा आर्जन गरिएका युवाहरु राजनीतिक्षेत्रतर्फ आईरहेका छन्। महोत्तरीका पालिकाहरुमा बढी पढाईगरी आयआर्जनको बाटोमा लम्किएका युवाहरु राजनीतिमा कदम हालेका छन्। ती मध्ये केही नमुना हामीले तल उल्लेख गरेका छौं।

डा. दिपेन्द्र महतो (गौशाला नगरपालिकाको मेयरपदको उम्मेदवार)
स्वास्थ्य, शिक्षा, सुशासन र पालिकाको समग्र विकासलाई ध्यानमा राख्दै राजनीति पेशा अंगालेका एकपात्र हुन गौशाला नगरपालिका-२ का ३८ वर्षिय युवा डा. दिपेन्द्र महतो।  गौशाला नगरपालिकाको मेयर पदका लागि डा. महतोले जनता समाजवादी पार्टीको तर्फबाट मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

डा. दिपेन्द्र चिकित्सक पेशालाई तत्कालको लागि स्थगनगरी राजनीतिमा उत्रेका हुन्। हुन त दिपेन्द्र यसभन्दा अगाडिको निर्वाचनमा आफ्ना बुवा लक्ष्मी महतोलाई चुनावमा खुलेर साथ दिएका थिए। जसले गर्दा उनीसँग राजनीति अनुभव सन्तोषजनक रुपमै रहेको उनको भनाई रहेको छ। 

उनी भन्छन्, ‘गौशालावासीले नै मलाई नेता बनायो। स्वास्थ्य पेशा अंगालेको मैले चाहदैँ नचाहदैँ राजनीतिमा उत्रिएँ। यहाँ चौतर्फीरुपमा विकासको आवश्यकता रहेको छ। ५ वर्षको अवधिमा यहाँको नागरिकले नगरपालिकाबाट सुशासनको अनुभव प्राप्त गर्न सकेको छैन्। गौशालालाई सुध्रानुपर्ने अनेकौ विषयवस्तु रहेको छ। जसलाई मैले नगरवासीको सहयोग र साथ लिएर क्रमिक रुपमा सुधार गर्नेछु।’

ई. शेष मोहम्मद शहवाद हैदर (सम्सी गाँउपालिकाका लागि अध्यक्ष पदका उम्मेदवार)

वैदशिक रोजगारको शिलशिलामा १० वर्षे अनुभव बटुलेर स्वदेश फर्किएका सम्सीका ई. शेष मोहम्मद शहवाज हैदर राजनीतिक्षेत्रमा उत्रिएका छन्। लामो समय कतारमा रहि सिभिल ईन्जिनियरको काम गरेर फर्किएको हैदर गाँउपालिका अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्।

३२ वर्षिय हैदर नेकपा माओवादी केन्द्रतर्फबाट गाँउपालिका अध्यक्षको रुपमा उम्मेदवारी दिएका हुन्। अन्य पालिकाको तुलनामा सम्सी गाँउपालिकाको विकास अन्त्य न्युन भएकोले यस पालिकामा समय अनुकुल विकास छाउनका लागि आफू राजनीतिमा आएको हैदरले बताए।

परिवार नै पूर्ण रुपमा राजनीतिक्षेत्रमा होमिएको बताउँदै हैदरले अगाडि भने, ‘बुवाको राजनीतिले म निकै नै प्रभावित छु। उहाँको राजनीतिक क्रियाकलाप म धेरै नै नजिकबाट अपनाएको छु। उहाँबाट प्रभावित भएर यसपटकको स्थानीय तहको निर्वाचनमा भाग लिने निधो गरेका थिएँ। फलस्वरुप सबैको सहयोगमा म यस पदका लागि चयन भएको छु।’

विदेशमा लामो समय बिताएकोले त्यहाँ हुने विकास निर्माणको गतिविधीलाई मनन गर्दै यहाँ उपयोग गरिने हैदरले जानकारी दिए। उनले भने, ‘मसँग कार्यालय व्यवस्थापन, काम गराउने नयाँनयाँ तरिका, राजनीति अनुभव रहेको छ। जसले मलाई गाँउपालिका चलाउनका लागि कुनै कठिनाई हुने छैन। विगतको कार्यकालमा विवादको कारण ओझेलमा परेको सम्सी पालिकालाई म देशकै नमुना पालिका बनाउन आफूसँग अनुभव  छ।’

उनले अगाडि थपे, ‘यहाँको विकास गतिविधी, आमनागरिकको समस्या, गाँउपालिकाको अवस्था निकै नै दयनीय अवस्थामा रहेको छ। यस पालिकाको शिक्षा, स्वास्थ्य, रोजगारको अवस्थामा कुनै परिवर्तन हुन सकेको छैन। यहाँ हातहातमा सिप छैन। जसको कारण अनुभव र डिग्री भएतापनि युवाहरु विदेशीनुपर्ने अवस्थाको सिर्जना भएको छ। विदेशमा रहेका युवाहरु पसिना र जवानी गुजार्नुपर्ने बाध्यता रहेको छ।’

डा. रमेश यादव (गौशाला नगरपालिकाको मेयरपदको उम्मेदवार)

नेकपा समाजवादीतर्फबाट गौशाला नगरपालिकामा मेयर पदका लागि उम्मेदवार दर्ता गराएका अर्का पात्र हुन डा. रमेश यादव। गत स्थानीयतहको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमको तर्फबाट गौशाला नगरपालिकाको उपमेयरमा पराजित भएका यादव यसपटक पद र पार्टी दुवै परिवर्तन गरेका हुन्।

मनोनयन दर्ता गराउने दिन पार्टी परित्यागगरी यादव मेयर पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। लामो समयसम्म राजनीति र स्वास्थ्य पेशाको संयुक्त अनुभव बटुलेका यादव अहिले मेयर पदका लागि मत माग्दैछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.