ओली जनतालाई झुट्टा सपना बाड्न माहिर : संचारमन्त्री कार्की

ओली जनतालाई झुट्टा सपना बाड्न माहिर : संचारमन्त्री कार्की

धरान : सूचना संचार तथा प्रविधी मन्त्री ज्ञानेन्द्र कार्कीले एमाले अध्यक्ष केपी ओली जनतालाइ झुट्टा सपना बाड्न माहिर रहेको आरोप लगाएका छन्। मंगलबार सुनसरीको धरानमा आयोजीत सत्ता साझेदार गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले उक्त आरोप लगाएका हुन्।

मन्त्री कार्कीले ओलीको सरकार अहिलेसम्म रहेको भए देश श्रीलंका जस्तै भै सक्ने बताए। ओली संसद विघटन गर्ने प्रतिगामी र जनमतको विरोधी  भएकाले उनको विश्वास गर्ने आधार नभएको कार्कीको भनाइ थियो।

मन्त्री कार्कीले ओलीका पालामा भएको आर्थिक संकट वर्तमान सरकारले बिस्तारै ट्रयाकमा लिएको बताए। कार्कीले स्थानीय निर्वाचनमा गठबन्धनका उम्मेदवारले जिते मात्र देशको विकास हुने दाबी गरे। कार्कीले धरानमा गत उपनिर्वाचनमा नै कांग्रेसले नेकपालाई पराजित गरेकाले यो निर्वाचनमा गठबन्धनले सहजरुपमा विजय हासिल गर्ने बताए।

गठबन्धनकातर्फबाट धरानको मेयर र उपमेयर पदका प्रत्यासी किसोर राई र अइन्द्रबिक्रम बेघाले गठबन्धनका उम्मेदवारलाई जिताए जनताको सेवक बनेर धरानको विकास र जनताको सेवा गर्ने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.