घरमुली कै भरमा भोट हाल्छन् मधेसी महिला

घरमुली कै भरमा भोट हाल्छन् मधेसी महिला

विराटनगर : विगत कयौं पटकको निर्वाचनमा मतदान गरिसकेका अधिकांश मधेसी महिलाहरु स्वेच्छाले मतदान गर्न सकेका छैनन्। मधेसी महिलाहरुलाई मतदाता शिक्षा र राजनीतिक दलबारे जानकारी छैन।

मधेसी महिलाहरुले मतदानको अघिल्लो दिन घरमुलीले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको बताउछिन् विराटनगर-६की ३८ वर्षीय किरण सहनी। अभिभावकले भनेको पार्टीको चुनाव चिन्हमा मतदात गर्ने गरेको उनले बताईन्। ‘मालिक साहेव’(अभिभावक)ले संरक्षण गरेकाले उनीहरुले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको बताईन्। अभिभावकको सहयोग बिना महिलाले केही गर्न नसक्ने भएकोले अभिभावकको सल्लाहमा मतदान गर्ने गरेको बताउँदै कहिले पनि आफैंले छानेको उम्मेदवारलाई मतदान नगरेको सुनाईन्।

मतदानको दिन मतदान केन्द्रसम्म घरबाट लगेर जाने मान्छेले भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको स्थानीय महिला बताउँछन्। विराटनगर-७की ५० वर्षीय सावीत्री सहनीले निर्वाचनको दिन जसले मतदान केन्द्रसम्म लिएर जान्छ र मतदान केन्द्रमा भनेको चुनाव चिन्हमा मतदान गर्ने गरेको बताईन्।

अधिकांश मधेसी महिलाले राजनीतिक एजेण्डा, नीतिसहितका राजनीतिक दलको घोषणापत्र महिलाले नपढ्ने गरेको पाईएको छ। निर्वाचनको मिति नजिकिदैं जाँदा प्रमुख दलहरुले आआफ्ना एजेण्डासहितका घोषणापत्र हरु सार्वजनिक गरेका छन्।

राजनीतिक दर्शन, कार्यक्रम र योजना जनता समक्ष राख्ने माध्यम घोषणापत्र हुनेगरेकोमा मधेसी महिलाहरु नपढ्ने गरेको पाइएको हो। सरकारले मतदाता शिक्षा टोलटोलमा संचालन गर्ने भएतापनि मधेसी मतदाताहरु त्यसमा सहभागिता जनाउँदैनन्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.