रसुवा : अधिकांश मतदान केन्द्रमा मतदान टोली, दुई दिन हिँडेर लाङटाङमा

रसुवा : अधिकांश मतदान केन्द्रमा मतदान टोली, दुई दिन हिँडेर लाङटाङमा

रसुवा : शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागि मतदान अधिकृतको टोली सोमबार बेलुकी लाङटाङ पुगेका छन्। दुई दिनको पैदलयात्रापछि चार सदस्यीय टोली लाङटाङ पुगेको हो। सोमबार साँझ ७ बजे मतदान केन्द्रमा पुगेको र भोलि सर्वदलीय बैठक बसेर आवश्यक प्रक्रिया अघि बढाउने मतदान अधिकृत गोपी विश्वकर्माले बताए। गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदान केन्द्र राखिएको छ।

मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ। यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन्। ५ सय भन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो।

मतदान सम्बन्धी आवश्यक ज्ञान तथा सिप प्रदान गर्नका लागि जिल्लाको नौकुण्ड गाउँपालिका र लाङटाङ जाने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार नै तालिम प्रदान गरिएको थियो।

यस्तै निर्वाचनका लागि जिल्लाको अधिकांश मतदान केन्द्रहरूमा मतदान अधिकृतको टोली पुगेको छ। निर्वाचन सामग्रीसहित केन्द्रमा पुगेका टोलीले मंगलबार सूचना टाँस गर्ने, चारकिल्ला तोक्नेलगायतका कार्य गर्ने छन्। बुधबार टोलीले सर्वदलीय बैठक राख्ने छ। 

टाढा मतदान केन्द्र रहेका स्थानमा टोली सोमबार तथा मंगलबार नै पुगिसकेको छ। केही स्थानमा मंगलबार रातिसम्ममा पुग्ने जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले बताए। सोमबारसम्म जिल्लाका १३ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्री सहित कर्मचारी पुगिसकेका छन्। 

जिल्लाको मतदान केन्द्रहरूमा २ सय ५५ कर्मचारी खटाइने छ। जिल्लामा यसपटक ३४ वटा मतदानस्थल निर्धारण गरिएको छ। यी स्थलमा ५१ वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ। 

कार्यालयका अनुसार जिल्लाको उत्तरगया गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदानकेन्द्र, कालिका गाउँपालिकामा ६ वटा मतदानस्थल र ११ वटा मतदानकेन्द्र, गोसाइँकुण्ड गाउँपालिकामा ८ वटा मतदानस्थल र ९ वटा मतदानकेन्द्र, नौकुण्ड गाउँपालिकामा ८ वटा मतदानस्थल र १४ वटा मतदानकेन्द्र तथा आमाछोदिङ्मो गाउँपालिकामा ६ वटा मतदानस्थल र ५ वटा मतदानकेन्द्र तोकिएको छ। 

जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन्। जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.