ओलीको सामन्ती गठबन्धन : अध्यक्ष प्रचण्ड

ओलीको सामन्ती गठबन्धन : अध्यक्ष प्रचण्ड

यदुकूहा(धनुषा) : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको समान्ती गठबन्धन भएको बताएका छन्। उनले दुई–दुई पटक संविधान र संसद भंग गर्ने खोज्ने केपी ओली सामन्ती र ओलीसंग गठबन्धनको गरेका दलहरुले अझ पुरानो समान्ती भएको बताएका हुन्।

केपी ओलीले पटक–पटक संसद भंग गरेर अलोकतान्त्रिक, असंवैधानिक, गैरसंवैधानिक र निरङकुश कदम चालेपछि गणतन्त्र, संघीयता र गाउँगाउँमा पुगेको सिंहदरवारको अधिकारको निम्ति सडक संघर्षबाट ओलीलाई परारस्त गरेको बताए। उनले भने, ‘ओली प्रवृतिले देश सिद्धायाउछ, देशलाई अनिर्णयको बन्दी बनाउँछ, त्यसैले समान्ती बिरुद्ध हामीले जहिले पनि लडनुपर्छ।’

धनुषाको शहिदनगर नगरपालिकामा आयोजना गरिएको चुनावी नगरसभालाई सम्बोधन गर्दै प्रचण्डले क्रान्ति र प्रगतिमा धनुषा जिल्ला र त्यसमा पनि यदुकूहा शहिदनगर अग्रणी स्थानमा छ। उनले भने, ‘यहाँ थुप्रै महान शहिदहरुको रगत बगेको छ। धनुषा जिल्ला नेपाली क्रान्तिको एउटा ईतिहास पनि हो। पञ्चायत देखि राजतन्त्रविरुद्धको आन्दोलनमा होस् वा अन्य आन्दोलनको अग्रमोर्चामा धनुषा जिल्ला रहने गरेको छ।’

कामेश्वर, कुशेश्वरको प्रतिमा माल्यार्पण गरेका प्रचण्डले शहिदहरुले रगत बगाएको नगर यदुकूहामा आफैंमा गर्विलो ईतिहास बोकेको शहिद रामवृक्ष यादव, कमरेड सुर्यनाथ रानको बलिदानी क्षेत्र भएकोले समेत उनीहरुको बलिदानीलाई सम्झेर उनीहरुले चाँहेको, कल्पना गरेको शहिदनगर बनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘बलिनीको भूमीलाई शहिदनगर नगरपालिका उचित ढंगले राखिदिएको छ, त्यसैले प्रगति र परिवर्तनको पक्षमा मेयरका उम्मेदवार उदयकुमार बरबरिया (यादव) र उपमेयरका उम्मेदवार रेखा कुमारी मण्डललाई विजयी बनाउन आग्रह गर्दछु।’

अध्यक्ष प्रचण्डले प्रतिबद्धतापत्र उल्लेख भए बमोजिमको काममा कुनै त्रुटी नहुने र यसमा केन्द्र सरकारको पनि पुरै सहयोग रहने बताए। उनले भने, ‘उदयले आफ्नो भिजन बडो व्यवस्थित रुपमा भिजन प्रस्तुत गरिएको छ त्यसलाई पुरा गर्न हामी सबैको सहयोग हुन्छ। शहिदनगरको विकासमा उदय र रेखा मात्र छैन, त्यसको पछाडि माओवादी केन्द्रको अध्यक्ष नि छ। हाम्रो उम्मेदवार विजयी गराउनुस् विकास र समृद्धिको यात्रामा म तपाईको साथमा हुन्छु।’

चुनावीसभामा मधेश प्रदेशका सचिव योगकुमार बरबरिया यादव (जीवन)ले शहिदनगरको समग्र विकासका लागि माओवादी केन्द्र निर्वाचनमा विजयी हुन आवश्यक रहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.