आन्तरिक उडानमा चुनावले चाप

आन्तरिक उडानमा चुनावले चाप

काठमाडौं : स्थानीय तह निर्वाचनका लागि राजधानी छोड्नेको चाप आन्तरिक उडानमा पनि परेको छ। आगामी शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले बताए। 

अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। नेपाल एयरलाइन्सबाहेक अन्य कम्पनीहरूले स्टलभन्दा ट्रंक रूटमा बढी उडान भर्ने भएकोले त्यता बढी चाप देखिएको हो। यात्रुको चाप बढेसँगै केही कम्पनीहरूले उडान सञ्चालनको समय पनि थप गरेको शर्माले जानकारी दिए। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक विमानस्थलहरू १८ घण्टा सञ्चालनका लागि निर्देशन दिएपछि क्रमिक रूपमा समय र उडान तालिका थप गर्दै गएको उनको भनाइ छ। आन्तरिक उडानमा प्रमुख हिस्सा ओगट्ने बुद्ध एयरले अहिले आउने र जाने गरी दैनिक १५० देखि १७० उडान भर्ने गरेको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले बताए। 

चुनावसँगै बिहेको मौसम पनि भएकोले यात्रुको चाप बढेको उनले बताए। हरेक तप्काका यात्रुले विमानको सेवा लिउँन भन्ने लक्ष्यअनुसार सहज र सुलभ भाडामा उडान भर्ने गरेको उनले बताए। अहिले कोभिडअघिको भन्दा अकुपेन्सी बढेको बताउँदै कर्णले कोभिडअघिको दैनिक करिब १४० उडान हुने गरेकोमा अहिले १७० सम्म उडान हुने गरेको बताए। यात्रुको चापअनुसार उडान थप्न नसक्दा व्यापार असर परेको उनको भनाइ छ। 

त्यस्तै, यति एयरलाइन्समा पनि चुनाव लागेको छ। सर्वसाधरण जनतासँगै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको ओहरदोहर बढेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए। कम्पनीको अकुपेन्सी करिब ९२ प्रतिशत छ। यतिले अहिले आउने र जाने गरी ५४ उडान भर्दै आइरहेको छ। जहाजहरू पूर्ण क्षमता र गन्तव्यहरूमा यात्रुहरूको मारामारको अवस्था रहेको बर्तौलाको भनाइ छ। यात्रुको चापलाई ध्यानमा राखेर कम्पनीले मध्य रातसम्म पनि सेवा दिने जनाएको छ। 

यता, नेपाली ध्वजावाहक नेपाल एयरलाइन्समा पनि यात्रुको चाप उत्तिकै बढेको छ। तर, विमान नहुँदा व्यापार भने खुम्चिएको छ।  सुुगम र दुुर्गम जिल्लाहरूमा उडान भर्ने नेपाल एयरलाइन्ससँग अहिले आन्तरिक उडानका लागि २ वटा मात्रै ट्वीनटर जहाज छन्। त्यसले नै सबैतिर उडान भर्नुपर्ने बाध्यता भएको कम्पनीकी प्रवक्ता अर्चना खड्काले बताइन्। सिट क्षमता र उडान तालिका पनि कम भएकोले प्राय पूर्ण क्षमतामा चल्ने गरेको उनले बताइन्। ‘ट्रंक रुटमा त गर्नै सकेको छैनौं।’ 

यता, चुनावी प्रचार–प्रसारमा हेलिकप्टर पनि दिनमा ३–४ घण्टा  खटिरहेका छन्। कोभिडका कारण प्रायः शून्यमा झरेको हेलिकप्टर उद्योगको व्यवसाय चुनावकै कारण करिब ३० प्रतिशतले बढेको वायुसेवा सञ्चालक संघका प्रवक्ता शर्मा बताउँछन्। बुधबारमा निर्वाचन आयोगको आचारसंहिता लागू हुने हुँदा मंगलबारसम्म हेलिकप्टर पनि चुनावी प्रचारमा खटिएको उनले बताए। 

शुक्रबार सबै उडान बन्द

नेपाल वायुसेवा सञ्चालक संघले निर्वाचनको दिन कुनै पनि आन्तरिक हवाई सेवा सञ्चालन नहुने जानकारी दिएको छ। विज्ञप्ति जारी गर्दै संघले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९’ बमोजिम व्यावसायिक उडान बन्द गर्ने जनाएको छ। तर, मावनीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान भने हुनेछन्। सरकारले वैशाख ३० गतेको निर्वाचनका दिन आन्तरिक हवाई सेवा बन्द गर्न निर्देशन दिएको थियो भने अन्तर्राष्ट्रिय उडानलाई भने यथावत नै राखिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.