म्याग्दीको नारच्याङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु

म्याग्दीको नारच्याङमा ट्रक दुर्घटना : दुई जनाको मृत्यु

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा मंगलबार राती भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। 

निलगिरीखोला जलविद्युत आयोजनामा सिमेन्ट पुर्‍याएर फर्कंदै गरेको ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना हुँदा सवारी धनी र चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ। 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवाका ४३ वर्षीय खुमबहादुर राम्जाली र मकवानपुर गोगनी–४ का ३४ वर्षीय सन्तबहादुर तितुङको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले बताए। 

उनका अनुसार राम्जाली सवारी धनी र तितुङ चालक हुन्। घटनास्थलबाट उद्धार गरेर बेनी अस्पतालमा ल्याउँदा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए। मृतकको शव परिक्षणका लागि बेनी अस्पतालमा राखिएको छ। 

प्रहरी घटनास्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ। सडकदेखि करिब ६० मिटर तल खसेर ट्रक दुर्घटना भएको थियो। नारच्याङमा निलगिरीखोला हाइड्रोपावरले ११० मेगावाट क्षमताको निलगिरीखोला र निलगिरीखोला क्यासकेट जलविद्युत आयोजना निर्माण गरिरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.