रसुवा लाङटाङका मतदाता हेलिकप्टर चढेर गाउँ आए

रसुवा लाङटाङका मतदाता हेलिकप्टर चढेर गाउँ आए

रसुवा : शुक्रबार हुने स्थानीय तहको निर्वाचनको लागि रसुवाको लाङटाङमा हेलिकप्टर चढेर मतदाता गाउँ आएका छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–४ मा पर्ने लाङटाङ, क्यान्जिन, मुण्डुप लगायतका क्षेत्रका स्थानीय हेलिकप्टर मार्फत गाउँ आएका हुन् । 

क्यान्जिनका स्थानीय ग्याल्बु लामाका अनुसार मतदानका लागि २० जना मतदाता हेलिकप्टर चढेर गाउँ आएका हुन् । यस क्षेत्रका सडक विस्तार नभएका कारण यसअघिका निर्वाचनमा पनि मतदाता हेलिकप्टर चढेर नै आउने गरेका थिए । 
 

काठमाडौं बस्ने तथा विभिन्न देशमा पुगेका मतदाता पनि चुनावको समयमा गाउँ आउने गरेका उनको भनाइ छ । काठमाडौंबाट स्याफ्रुसम्म गाडीमा जाने र त्यसपश्चात २ दिनको पैदलयात्रा गरेर लाङटाङ पुगिन्छ । पर्यटकीय क्षेत्रको सौन्दर्य जोगाउन र र यस क्षेत्रमा आउने पर्यटक हिँड्न मनपराउने भएका कारण सडक विस्तार नगरिएको हो । यहाँका मतदाताले गोसाइँकुण्ड गाउँपालिका–४ स्थित सामुदायिक भवनमा मतदानदान गर्छन । केन्द्र यही छ । यस केन्द्रमा ३ सय ६३ मतदाता रहेका छन् । 

मुख्य निर्वाचन कार्यालयका अनुसार मतदान केन्द्रका लागि मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ । निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राख्ने जनाएको छ । 

५ सयभन्दा कम मतदाता रहेका केन्द्रमा ४ जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको हो । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् । जसमा १९ हजार ६ सय ८९ पुरुष र १८ हजार ८ सय ८५ महिला रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.