डोटीमा बस दुर्घटना : ३० जना घाइते

डोटीमा बस दुर्घटना : ३० जना घाइते

डोटी : डोटीमा बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। धनगढीबाट बाजुरा जाँदै गरेको मालिका यातायातको सुपप्र ०१ ००१ ख ३१०८ नम्बरको बस दुर्घटना भएको हो। 

बस डोटीको पूर्वीचौकी गाउँपालिका ४ सानागाउँमा बिहीबार बिहान ६ बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिए। शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारत लगायत तराईका जिल्ला कैलाली र कञ्चनपुरबाट घर फर्किने यात्रु बोकेको बस दुर्घटनामा परेको हो।

घाइतेहरूको उद्धारमा प्रहरी, नेपाली सेना, निर्वाचनका लागि पालिकामा खटिएका निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारी, स्थानीय बासी लगाएतका खटिएका छन्।

 
प्रहरीका अनुसार घाइतेहरु मध्ये १६ जनाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ भने १३ जनाको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गम्भीर घाइते एक जनालाई धनगढीका लागि रिफर गरिएको छ। 

बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको डिएसपी भट्टले जानकारी दिए। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। बस सडकबाट करिब १५/२० मिटर तल खसेको जनाइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.