मुस्लिम आयोगका अध्यक्ष अन्सारी पक्राउ, प्रहरी भन्छ-'पैंसा बाँडेको कुरा गलत हो,उहाँलाई सुरक्षा दिएका हौं'
जनकपुर : जनकपुरधामबाट मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी पक्राउ परेका छन् । जनकपुरधामको बसपार्कस्थित होटल सीताशरणमा पैसा वितरण गर्दै गरेको आरोपमा अन्सारी पक्राउ परेका हुन्। पक्राउ परेका अन्सारीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यक्षमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अध्यक्ष अन्सारीले मौन अवधिको समयमा पैंसा बाडिरहेको भन्ने सूचनाको आधारमा उनलाई जनकपुरधामको सीताशरण होटलको ३०५ नम्बर कोठाबाट पक्राउ गरेको हो । यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले अध्यक्ष अन्सारीलाई पक्राउ नगरिएको दाबी गरेका छन् । 'यो एकदम गलत समाचार हो , उहाँ जनकपुर भ्रमणको क्रममा होटल सीताशरणमा बस्नु भएको थियो, उहाँलाई बिना कारण नेकपा एमालेका नेता कार्यकर्ताहरुले घेरेपछि हामीले उहाँलाई सकुशल एयरपोर्टसम्म छोडनका लागि सुरक्षा दिएका हौं। डीएसपी क्षेत्रीले भने, 'पैंसा भेटेको कुरा गलत छ, त्यस्तो केही भएको छैन् ।'
यता प्रहरी उपरीक्षक वसन्त रजौरेले संवैधानिक आयोगको अध्यक्षलाई चेकजाँच गर्ने अधिकार नरहेको र सुरक्षालाई ध्यानमा राखेर विमानस्थलसम्म प्रहरीको गाडीमा पुर्याएको बताए ।