स्वतन्त्र महिला उम्मेदवारका छोरा र पतिबाट युवक कुटिए, प्रहरीले अगाडि बढायो कारवाही

स्वतन्त्र महिला उम्मेदवारका छोरा र पतिबाट युवक कुटिए, प्रहरीले अगाडि बढायो कारवाही

मुगु : छाँयानाथ रारा नगरपालिका-१० को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी महिला उम्मेदवारका पति, छोरा र ज्वाइँबाट एक जना कुटिएका छन्। भारतबाट मतदान गर्न घर आएका युवकलाई कुटिएका हुन्।

स्वतन्त्र उम्मेदवार ४३ बर्षिया नानी बुढा, उनका पति ४७ बर्षीय रामबहादुर बुढा, उनका छोरा बिनोद बुढा, पवन बुढा र छोरी ज्वाइँ हिक्मत सेजुवालले भारतबाट मतदान गर्न दुई दिन अगाडि घर पुगेका सोही वडाका २८ बर्षीय सन्तोष बुढालाई कुटपिट गरेका हुन्।

पीडित बुढाले आफू बुधबार राति १० बजे दिदीलाई भेट्न भनेर घरबाट आउँदै गर्दा आफ्नै घरआँगनमा स्वतन्त्र उम्मेदवार बुढाका पति र छोराले बिनाकारण कुटपिट गरेको आरोप लगाएका छन्।  बाबु र आमाले समात्ने छोरा ज्वाइँले हात भएको माउजरले टाउको र पिठयुमा आक्रमण गरेको पीडितले बताएका छन्।

कुटपिटपछि घाइते भएका बुढालाई राति २ बजे उपचारका लागि जिल्ला अस्पताल ठिनीमा आफन्तले पुर्‍याएका थिए। माउजरले कुटपिट गरिएका बुढाको अहिले जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। उनको ढाड र शरीरको विभिन्न भागमा माउजरले पिटेका दाग देखिएको उपचारमा संलग्न डाक्टर कर्णराज भामले बताए।

कुटपिटपछि पीडित बुढाले स्वतन्त्र उम्मेदवार तथा उनका पति र छोराविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। पीडितको घाउ जाँच गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हमालले बताए।                  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.