प्रधानमन्त्रीको मतदान केन्द्रमा १४ जना शेरबहादुर देउवा, गन्यापधुराभर २१ जना

प्रधानमन्त्रीको मतदान केन्द्रमा १४ जना शेरबहादुर देउवा, गन्यापधुराभर २१ जना

काठमाडौं : स्थानीय तहको शुक्रबार हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता अन्तिम नामावली प्रकाशित गरेको छ। नामावलीमा नाम भएका मतदाताले निर्वाचनमा मतदान गर्न पाउनेछन्।

मतदान गर्ने दिन नजिकिँदै गर्दा बिहीबार सञ्चारमाध्यममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताले कहाँबाट मतदान गर्दैछन् भन्ने खबरहरु आए। आम मतदातालाई पनि देशका शीर्ष नेताले कहाँ मतदान गर्दैछन् भन्ने चासो हुने नै भयो। सूचनाका आधारमा मतदाताले आयोगको वेवसाइटमा गएर आफैं पनि हेर्न पाए।

तर प्रधानमन्त्री देउवाको नामावली हेर्दा धेरै जना झुक्किए। किनकि देउवाकै नाम रहेको मतदान केन्द्रमा मात्रै शेरबहादुर देउवा नाम गरेका १४ जना मतदाता थिए। सामान्य मतदाताले वा शुभेच्छुक, कार्यकर्ता वा आम जनताले देशको प्रधानमन्त्रीको नामावली हेर्दा झुक्किने अवस्था भयो। प्रधानमन्त्रीको वास्तविक मतदाता नम्बर कति हो भन्ने छुट्याउन नसकिने अवस्था भयो। केही सञ्चारमाध्यममा अर्कै देउवाको नम्बर प्रधानमन्त्रीकोमा पर्‍यो।

प्रधानमन्त्रीको नामावली छुट्याउन उनकी पत्नी आरजु राणा देउवाको नामले सहज भयो। त्यसैगरी प्रधानमन्त्रीका आमाबुबाको नामका आधारमा पनि छुट्याउन सकियो। आमाबुबाको नाम प्रसाद सिंह/द्रोपती रहेको छ। यसआधारमा प्रधानमन्त्रीको मतदाता नामावली दर्ता नम्बर ३५५२४६१ छ। उनको नाम १३७२औं नम्बरमा छ। 

देउवाले गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिकाबाट मतदान गर्दैछन्। मतदान गर्न प्रधानमन्त्री देउवा मंगलबारदेखि डडेलधुरामै छन्। देउवाले मतदान गर्ने गृहपालिका गन्यापधुराको वडा नम्बर १ स्थित असिग्राम मावि रुवाखोला मतदान केन्द्रको नामावलीमा मात्रै १४ जना शेरबहादुर देउवाको नाम देखियो। वडा नम्बर १ मा रहेका दुई मतदान केन्द्रमध्ये असिग्राम माविमा १४ जना शेरबहादुर देउवा मतदाता भेटिए भने सरस्वती मावि भत्काँडामा भने शेरबहादुर देउवा नाम गरेका मतदाता छैनन्।

गन्यापधुराको वडा नम्बर २ को गणेश मावि वडाल मतदान केन्द्रमा पनि दुई जना शेरबहादुर देउवा नाम गरेका मतदाता नामावलीमा भेटिए। निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीमा यहाँ दुई जना प्रधानमन्त्रीसँग नाम मिल्ने मतदाता छन्। आयोगको सूचीअनुसार वडा नम्बर २ कै अर्को भुवनेश्वरी माध्यामिक विद्यालय पश्याचम्साल मतदान केन्द्रमा शेरबहादुर देउवा नाम गरेका १ जना मतदाता छन्।

त्यस्तै वडा नम्बर ३ को आदित्य माध्यामिक विद्यालय नवलपुरमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेका छन्। वडा नम्बर ३ कै अर्को जनता माध्यामिक विद्यालय सकालमा शेरबहादुर देउवा नाम गरेका दुई जना मतदाता रहेको आयोगले अन्तिम नामावलीले देखाएको छ।

वडा नम्बर ४ को भुवनेश्वरी मावि जैसरामा र लाटामाडौं माध्यामिक विद्यालय रुमाइलमा भने शेरबहादुर देउवा नाम गरेका मतदाता छैनन्। वडा नम्बर ५ को दुर्गा प्रावि मोइ कोरायल र सीताराम माध्यामिक विद्यालयमा पनि शेरबहादर देउवा नाम गरेका मतदाता छैनन्।

पाँच वडा रहेको गन्यापधुरा गाउँपालिकाका तीन वडामा शेरबहादुर देउवा नाम गरेका कूल २१ मतदाता रहेको आयोगको अन्तिम नामावलीले देखाएको छ। दुई वडामा भने प्रधानमन्त्रीसँग नाम मिल्ने मतदाता छैनन्। जिल्लाभर भने अरु पनि प्रधानमन्त्रीसँग नाम मिल्ने मतदाता हुनसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रधानमन्त्रीसँग नाम मिलेका मतदाताहरुको उमेर समूह २१ देखि ७७ वर्ष रहेको छ। प्रधानमन्त्री देउवाको उमेर ७६ वर्ष रहेको छ। उनीभन्दा पनि एक वर्ष जेठा १३६४औं नम्बरमा रहेका ७७ वर्षीय शेरबहादुर देउवा नाम गरेका एकजना मतदाता आयोगको सूचीमा उल्लेखित छन्। प्रधानमन्त्रीकै पालिकामा तथा मतदान केन्द्रमै धेरै नाम मिल्ने मतदाता हुँदा उनका शुभेच्छुक, समर्थक तथा अन्य क्षेत्रका मानिस झुक्किएको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.