संविधानसभा सदस्य आले कांग्रेसबाट निलम्बित, ११ जनालाई कारवाही, १५ को राजीनामा स्वीकृत

संविधानसभा सदस्य आले कांग्रेसबाट निलम्बित, ११ जनालाई कारवाही, १५ को राजीनामा स्वीकृत

तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले संविधानसभा सदस्य झुलबहादुर आलेसहित दुई जनालाई निलम्बन गरेको छ।

पार्टीले गठबन्धन गरेको र टिकट नपाएको भन्दै असन्तुष्टि जनाई विभिन्न मितिमा राजिनामा दिएका १५ जनाको राजिनामा स्वीकृत गरेको छ। काँग्रेस तनहुँले स्थानीय तह निर्वाचनमा जिल्लाका विभिन्न पालिकामा स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई सहयोग गरेको आरोपमा संविधानसभा सदस्य एवं महासमिति सदस्य आले र नेपाली काङ्ग्रेस रिसिङ गाउँ कार्य समितिका सभापति तिलबहादुर थापालाई कारवाही गरेको हो।

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयको वैशाख २२ गतेको प्रेस विज्ञप्ती र काङग्रेसको विधान २०१७ (संशोधन सहितको) धारा ३४ (४) (ख) र (ग) बमोजिम कसुर गरेको हुँदा निर्वाचन अवधिसम्मका लागि निलम्बन गर्ने निर्णय भएको छ। आले र थापालाई रिसिाङमा गाउँपालिकाको स्वतन्त्र अध्यक्षका उम्मेदवार श्रीराम आले र स्वतन्त्र वडा अध्यक्षका उम्मेदवार दुर्गा थापाको प्रचारप्रसारमा सहयोग गरेको आरोप लागेको छ।

त्यस्तै, नेपाली काङ्ग्रेस तनहुँले विभिन्न मितिमा राजीनामा पेश गरेका १५ जनाको राजिनामा स्वीकृत गरेको छ। शुक्रबार विज्ञप्ति जारी गर्दे जिल्ला सभापति जितप्रकाश आलेले उनीहरुको राजीनामा शुक्रबारबाटै लागु हुने गरी स्वीकृत गरिएको र निजहरुको पार्टी सदस्यता खारेज गरिएको जनाएका छन्।

उनकाअनुसार क्षेत्रीय प्रतिनिधि चुडामणि दाहाल, क्षेत्रीय प्रतिनिधि राजकुमार श्रेष्ठ (राकु), क्रियाशल सदस्य दीर्घ थापा, क्षेत्रीय प्रतिनिधि सूर्यभक्त अधिकारी, व्यास नगर कार्य समिति सदस्य यामबहादुर थापा, जिल्ला कार्य समिति सदस्य विश्व बास्तोला, क्रियाशील सदस्य भोजबहादुर आले, महासमिति सदस्य महेश्वर भट्टराई, क्षेत्रीय प्रतिनिधि श्रीराम आले, वडा सचिव दुर्गाबहादुर थापा, जिल्ला सदस्य भरतकृष्ण श्रेष्ठ, वडा सभापति भरतकुमार श्रेष्ठ, कृष्णबहादुर अधिकारी, वडा सहसचिव आशिष खत्री र क्षेत्रीय प्रतिनिधि केशमाया गुरुङको राजीनामा स्वीकृत भएको छ।

यसैगरी पार्टीहित विपरीत गतिविधि गरेको भन्दै अनुशासन समितिले ११ जनालाई पार्टीको सदस्यताबाट निष्काशन गरेको छ। जसमा व्यास नगरपालिका वडा नम्बर २ का सदस्य दिपकराज जोशी (हालको एमाले र जोशी समुह गठबन्धबाट व्यासको मेयर पदका उम्मेदवार), भानु नगरपालिका वडा नम्बर १ का क्रियाशील सदस्य नारायण पन्थ, भानु नगरपालिका वडा नम्बर ११ का सदस्य हस्तबहादुर क्षेत्री, भानु नगर समितिका सचिव सीताराम बानियाँ, आँबुखैरेनी वडा नम्बर २ का क्षेत्रीय प्रतिनिधि कटकबहादुर थापा, आँबुखैरेनी वडा नम्बर ५ का क्षेत्रीय प्रतिनिधि पञ्चबहादुर गुरुङ, म्याग्दे गाउँपालिका वडा नम्बर १ का क्षेत्रीय प्रतिनिधि विष्णुबहादुर थापा, मुक्तिनाथ खनाल, म्याग्दे गाउँपालिका ३ का क्रियाशील सदस्य गङ्गादत्त अधिकारी, सीता अधिकारी र क्षेत्रीय प्रतिनिधि रामचन्द्र श्रेष्ठको सदस्यता निष्काशन गरिएको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.