स्याङ्जामा १०४ वर्षीयाले गरिन् मतदान

स्याङ्जामा १०४ वर्षीयाले गरिन् मतदान

स्याङ्जा : पुतलीबजार नगरपालिका ३ स्थित सरस्वती मावि गैरीखेतमा १०४ वर्षीया सकिना मियाले मतदान गरेकी छन्। शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा मिया गैरीखेत मतदान केन्द्रको पहिलो मतदाता पनि हुन्।

उनलाई उनका नाति खालिद मियाले सहजीकरण गरेका थिए। २ छोरा ४ छोरी लगायत उनका ४२ जना नातिनातिना छन्।
स्याङ्जामा ११ पालिकामा ३ सय १८ मतदान केन्द्र र १ सय ९९ वटा मतदान स्थल बनाइएका छन्। ती केन्द्रमा ३ सय १८ मतदान अधिकृत र ३ सय १८ सहायक मतदानअधिकृत खटाइएका छन्। 

जिल्लाभर २ लाख ४० हजार ५३५ मतदाता छन्। तीमध्ये १ लाख २३ हजार ८६८ महिला हुन् भने १ लाख १६ हजार ६६६ पुरुष र एक अन्य छन्। 

जिल्लामा १९ वटा विभिन्न राजनीतिक दलले मान्यता पाएका छन्। यहाँ मुख्य प्रतिस्पर्धा भने नेपाली कांग्रेस र नेकपा एमालेबीच नै हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.