तस्बिरमा धनगढी उपमहानगरको मतदान

तस्बिरमा धनगढी उपमहानगरको मतदान

धनगढी : सुदूरपश्चिमको एक मात्र धनगढी उपमहानगरमा मतदान भईरहेको छ। १९ वटै वडामा रहेका मतदानस्थलहरुमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको हो। 

धनगढीमा सत्ता गठबन्धन, नेकपा एमाले र स्वतन्त्रबीच प्रतिस्पर्धा छ। निवर्तमान मेयर तथा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका निर्पबहादुर ओड, नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

तीनै जना मेयर पदका उमेदवार मध्ये धनगढी उपमहानगरपालिका-४ मा रहेको राष्ट्रिय तुलसीराम मावि मतदास्थलबाट नेकपा एमालेका रणबहादुर चन्द र स्वतन्त्र उमेदवार गोपाल हमालले मतदान गरेका छन्।

 
मेयर पदका दुबै उम्मेदवार वडा नम्बर ४ का बासिन्दा हुन्। नृपबहादुर ओडले धनगढी उपमहानगरपालिका-६ मा रहेको बासुदेबी मावि मतदानस्थलमा मतदान गरेका छन्।
 
बिहीबार ठूलो पानी परेकाले केही मतदानस्थलहरुमा हिलो भएको छ भने तराईका जिल्लामा गर्मीले मतदातालाई समस्या भएको छ। सुदूरपश्चिमका पहाडि जिल्ला डडेल्धुरासहित केही स्थानमा वर्षा भईरहेको छ। वर्षाका बाबजुत पनि मतदाता छाता ओढेर मतदान गरिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.